बुढानीलकण्ठमा गाडीको ठक्करबाट एकको मृत्यु

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

कपन हाइटमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। बुढानीलकण्ठ नगरपालिका– ११ कपन हाइटस्थित सडकमा बागमती प्रदेश ०२–००२ ज ८८२१ नम्बरको इभी गाडीको ठक्करबाट सोही ठाउँ बस्ने संखुवासभा घर भएका फुरू तेम्बा शेर्पाको गएराति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। इभीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुझावित समाचार