रोल्पामा ५ देखि १२ वैशाखसम्म खुला भलिबल प्रतियोगिता

प्रतियोगिताको विजेताले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्ने, उपविजेताले ५१ हजार १ सय रुपैयाँ पाउने

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

पश्चिम–उत्तर रोल्पाको परिवर्तन गाउँपालिकामा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लालीगुराँस युवा क्लबको २८औँ वार्षिक उत्सवको ५ देखि १२ वैशाखसम्म खुला भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबका अध्यक्ष हिरालाल खड्काका अनुसार उपविजेताले ५१ हजार १ सय रुपैयाँ पाउनेछ ।

सेमिफाइनलिस्टले २५ हजार एक सय रुपैयाँ हात पार्नेछन् । यसैगरी, महिलातर्फको विजेताले ३५ हजार पाँच सय र उपविजेताले २० हजार पाँच सय रुपैयाँ जित्नेछन् । ५५ रुपियाँसहितको मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमिफाइनलिस्ट दुई टिमले १० हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् आयोजकले जानकारी गराएको छ । पश्चिम रोल्पामा ठुलो धनराशिको प्रतियोगिता हुनलागेको यो पहिलोपटक हो । 

See More On

सुझावित समाचार