आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्यान्सर हस्पिटलबिच छुटसम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय सम्झौताअनुसार इन्स्योरेन्सका बिमित, अभिकर्ता तथा कर्मचारीले नेपाल क्यान्सर हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, स्वास्थ्य सेवा प्याकेजमा विशेष सहुलियत दिइने पनि बताइएको छ ।
कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् । साथै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधाको लाभ लिन सक्ने बताइएको छ ।