गत मंगलबार बिहान एसइइ परीक्षा सकेर फर्किँदै गरेका युवाहरुको सडक दुर्घटना भई तीन जनाको मृत्यु र तीन जना घाइते भएकोमा सोहि मध्ये काठमाडौं रेफर भई हाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचाररत घाईतेहरुलाई प्रतिनिधिसभा कि उपसभामुख रुवी कुमारी ठाकुरले भेट गरेकि छिन्। उनले घाइते र कुरुवा भेट्दै उनले अस्पतालका चिकित्सकीय टोलीसँग उनीहरुको अवस्था बुझ्दै राम्रो उपचार गरिदिन आग्रह गरिन्।
उपसभामुख ट्रमा सेन्टर पुगेपछि ट्रमा सेन्टरका प्रमुखले अस्पतालको वर्तमान अवस्था वारे उनलाई जानकारी दिएका थिए। प्रमुखले अस्पतालमा विरामीको चाप निक्कै धेरै भएको र आईसियु बेड तथा भेन्टिलेटर कम भएकोमा अस्पताललाई अझै प्रभावकारी सेवा प्रवाह गर्न आईसियु र भेन्टिलेटर लगायतका विभिन्न उपकरणहरु थप गर्न आवश्यक रहेको जानकारी गराएका थिए।
यता उपसभामुखले विरामीका आफन्तहरुलाई सान्त्वना दिँदै धैर्य राख्न आग्रह गरिन्। उनले ट्रमा सेन्टरमा उपचाररत अन्य बिरामीहरुलाई समेत भेट्दै उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएकि थिइन्। महोत्तरी सडक दुर्घटनाका घाइतेहरुमध्ये एकडारा गाउँपालिका ५ गेना बथनाहा निवासी राम बरण कापरका छोरा २० वर्षीय जयक कुमार कापर प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरमा रहेकोमा उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई युवाहरुको समुहले आर्थिक सहयोग संकलन गरि ट्रमा सेन्टरमा उपचारको लागि शनिवार भर्ना गराएका छन भने उनीसँगै ट्रमा सेन्टरमा जलेश्वर नगरपालिका वडा नं. ६ निवासी लखिन्द्र कापरको छोरा अन्दाजी वर्ष १९ का अभय कापर समेत उपचाररत छन् । उनको देव्रे खुट्टा टुटेको र टाउकोमा ब्लड जमेको छ ।
गत मंगलबार महोत्तरीको एकडारा गाउपालिका ५ गेना बथनाहा र जलेश्वर नगरपालिका ७ बखरीको सिमास्थित जलेश्वर बर्दिवास सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर आगलागी भई जलेश्वर नगरपालिका ६ साहुजीपट्टी निवासी राम दयाल दासको छोरा अन्दाजी वर्ष १९ को रवि दास,सोहि ठाउँ निवासी सुरेन्द्र दास (सोलिन्द्र) को छोरा अन्दाजी वर्ष १९ का शुभाष दास र एकडारा गाउँपालिका ३ अजमरपट्टी निवासी शत्रुध्न मण्डलको छोरा अन्दाजी वर्ष २२ का अभिषेक मण्डलको जलेरु मृत्यु भएको थियो । यता सोहि घटनाका घाइते जलेश्वर नगरपालिका ६ धवौली निवासी सुरेश दासको छोरा अन्दाजी वर्ष १९ का रोहित दासको जनकपुरस्थित स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।