अनलाइन बेटिङ (सट्टेबाजी)मा संलग्न भएको अभियोगमा रुपन्देही प्रहरीले २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये १८ जना भारतीय नागरिक छन्। चैत १९ गते तिलोत्तमा नगरपालिका– ७ बाट नौ भारतीय तथा चैत २७ गते तिलोत्तमा–१५ कोटिहवाबाट नौ भारतीयसहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा उत्तर प्रदेशको बासडिह थाना, मिश्रवलिया गाउँका ३० वर्षीय प्रदिप गुप्ता, कर्नलगंज थाना, बसेरियाका २२ वर्षीय पवन कुमार, बासडिह थाना मिश्रवलियाका २० वर्षीय सतिश कुमार र हण्डी थाना वेलहरीका २२ वर्षीय अबिशेष ठाकुर, विहार प्रदेशको हुसेनगंज थाना, मोहुवल बजारका २१ वर्षीय मनु कुमार सोनी, नैरहवा थानाका २१ वर्षीय अमर कुमार, उमेरी वेगमजंग थानाका २१ वर्षीय नर सिंह र गोण्डा उमेरी वेगमगंज थानाका २४ वर्षीय राम असिस सिंह तथा बंगाल प्रदेशको गंनपुर थाना यरुली वयष्टका ३१ वर्षीय सुदिप तो माझी रहेका छन्।
यसैगरी, मजामगढ गाउँ जगदिशपुरका २८ वर्षीय संदिप कुमार, हैदरावाद हिमालाय नगरका ४३ वर्षीय एम डि हाकिम, तहसिलहाटा उत्तर प्रदेश कुशिनगरका २६ वर्षीय सतेन्द्र सिंह, तहसिलबास उत्तर प्रदेश गोरखपुरका ३६ वर्षीय श्याम सुन्दर, मउ गाउँ उत्तर प्रदेश रतनपुरका २४ वर्षीय दिपक पाण्डे र गाजिपुर तिराहका ३२ वर्षीय रियाज अहमद, कानपुर देहाद रसुल्लावाद उत्तर प्रदेशका ३५ वर्षीय प्रदिप कुमार, दिल्लीकी ३६ वर्षीय तन्नु कुमारी र ३८ वर्षीया राखी झा तथा रुपन्देही ओमसतिया गाउँपालिकाका ३४ वर्षीय अक्लेश कुमार यादव र सुर्खेत घर भई रुपन्देही तिलोत्तमा– १५ कोटिहवा बस्ने ३८ वर्षीया सिमा राना पक्राउ परेका छन्।