यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आइतबारदेखि सुरु हुँदै छ । यामाहा नेपालले अधिकृत वितरक एमएडब्लू राइड्स प्रालि ‘यामाहा ब्लु फेस्ट’ मेला पुनः आयोजना गर्ने भएको हो । यो कार्यक्रम यही २९ चैतदेखि ५ वैशाखसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । 

मेलाको पहिलो दिन ब्रान्ड न्यु ‘यामाहा एफएजेड–एस गो’ जेनः लिड द नेक्स्ट सार्वजनिक हुनेछ । यसले साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

पूर्ण दुईपांग्रे अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आममानिस तथा सम्भावित ग्राहकलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइटेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । यस वर्ष ‘एक्सचेन्ज कार्निभल’को अनुभव पनि समावेश गरिएको कम्पनीले जनाएको छ । जसले ग्राहकलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ ।

‘आगन्तुकले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यावसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन द स्पट मूल्यांकन गराउन सक्नेछन्,’ यामाहाले भनेको छ, ‘जसले बजारअनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ । सहज एक्सचेन्ज विकल्पसँगै ग्राहकले ब्रान्ड न्यु यामाहा पनि एकदम छिटो किन्न सक्नेछन् ।’ ग्राहकको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराउने जनाएको छ । 

‘ग्राहकले नागरिकतामार्फत अन द स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो इएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन्,’ एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, ‘खरिदकर्ताले पाँच लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन्, जसले यो समयलाई यामाहा दुईपांग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाएको छ । साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ ।’

See More On

सुझावित समाचार