नेसनल इन्जिनियर एसोसिएसन नेपाल पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य इन्जिनियर तापेश्वर यादवलाई सम्मान गरेको छ।
नेसनल इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिवसमेत यादवलाई एक कार्यक्रमका बिच वीरगन्जमा सम्मान गरेको हो।
सिराहा क्षेत्र नम्बर ४ बाट निर्वाचित इन्जिनियर यादवले इन्जिनियरिङ पेसाबाट राजनीति उचाइ प्राप्त गर्दै अगाडि बढदै बढदै गरेकाले आफू सधैँभरि इन्जिनियरहरूको हक अधिकारका लागि आवाज उठाउने बताए।
नेसनल इन्जिनियर एसोसिएसन नेपाललाई स्वतन्त्र संघको रूपमा स्थापना गरेर राजनीतिमा सक्रिय भएर अगाडि बढिरहेकाले सम्मान गरिएको पर्साका अध्यक्ष शिवचन्द्र यादवले जानकारी दिए।
उनका अनुसार देशभरि स्वतन्त्र रूपमा रहेका सक्रिय इन्जिनियरहरूलाई एकताबध बनाएर अगाडि बढाउनमा उनले महत्त्वपूर्ण भूमिका खेलेको अवस्था छ।
साथै, उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेश र अहिलेको जनचाहनाअनुसार अहिले युवाहरू प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेका कारण देश बनाउने बताए।