एनएमबि लघुवित्तको साधारणसभा

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

एनएमबि लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १३औँ वार्षिक साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष कृष्णदत्त भट्टराईले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवदेनउपर छलफल गरी पारित गरिएको छ ।

संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत सजल खड्काले लघुवित्तका लागि विगतका वर्ष चुनौतीपूर्ण रहेको बताए । साथै, केहीयता अवस्था सहज बन्दै गएकाले आगामी दिनमा यस क्षेत्रको व्यवसाय सकारात्मक दिशातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

एनएमबि बैंकबाट प्रतिनिधित्व गर्नुहुने राजीव रञ्जित, सेयरधनी केशवशरण पौडेलले संस्थाको साधारणसभा समयमा गर्न र लगानीकर्तालाई प्रतिफल मिल्ने गरी कार्य गर्न सुझाव दिए । 

See More On

सुझावित समाचार