मोबाइलमा फोटो खिचेर एसइ़ई परीक्षाको प्रश्नपत्र आउट गराई चिट चोराएको आरोपमा मोरङमा एक सहायक केन्द्राध्यक्ष पक्राउ परेका छन्।
ग्रामथान गाउँपालिका– ६ मा रहेको पब्लिक मावि परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष प्रेमलाल माझी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएर चिट चोराउन सहयोग गरेको आरोपमा पक्राउ परेका हुन्।
पक्राउ परेका सहायक केन्द्राध्यक्ष माझीलाई परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो। उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ।