सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ नेपालबाट केयर–एनपी ए माइनस रेटिङ प्राप्त गरेको छ ।
२ चैतमा केयर एज रेटिङबाट बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङप्रतिको समर्पणलाई सुदृढ गर्दै मूल्यांकनबाट यो रेटिङ प्राप्त गरेको हो ।
सानिमा बैंकको सातै प्रदेशमा हाल एक सय ३४ वटा कार्यालय र एक सय २८ वटा एटिएम सञ्चालनमा रहेका छन् ।