प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै १४ मन्त्री नियुक्त भएका छन्। मन्त्रीहरूमध्ये उच्च वरीयतामा डा. स्वर्णिम वाग्लेलाई राखिएको छ।
त्यस्तै, दोस्रो वरीयतामा सुदन गुरुङलाई राखिएको छ। उनलाई गृह मन्त्रालयको जिम्मेवारीसँगै मर्यदाक्रमको वरीयतामा पनि माथि राखिएको छ। उनको जिम्मेवारीलाई कतिपयले आश्चर्यका रूपमा हेरेका छन्। गुरुङपछि परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ।
रक्षा र उद्योग मन्त्रालय भने प्रधानमन्त्री शाहले नै राखेका छन्।
मन्त्रीहरूको मर्यादाक्रम:
डा. स्वर्णिम वाग्ले – अर्थ
सुदन गुरुङ – गृह
शिशिर खनाल – परराष्ट्र
सुनील लम्साल – भौतिक पूर्वाधार
विराजभक्त श्रेष्ठ – ऊर्जा
खड्गराज पौडेल – पर्यटन
सस्मित पोखरेल – शिक्षा
निशा मेहता – स्वास्थ्य
विक्रम तिमिल्सिना – सञ्चार
प्रतिभा रावल – संघीय मामिला
सोविता गौतम – कानुन मामिला
गीता चौधरी – कृषि तथा पशुपक्षी
दीपककुमार साह – श्रम रोजगार
सीता वादी – महिला