कर्मचारी सञ्चय कोष र पञ्जीकरण विभागबिच सम्झौता

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

कर्मचारी सञ्चय कोषले राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा (इ–सर्भिस) प्रयोग गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबिच बिहिबार सम्झौता भएको हो ।

विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी सम्झौतामा विभागका महानिर्देशक नमराज घिमिरे र कोषका प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट कोषमा आबद्ध हुने र आबद्ध भइसकेका सञ्चयकर्तालाई नयाँ परिचयपत्र जारी गर्दा पहिचानको प्रमाणीकरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत हुने सुनिश्चित भएको छ । यसबाट प्रमाणीकरण पहिचानका लागि सञ्चयकर्ताहरू कोषमा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झटसमेत अन्त्य भएको छ ।

सुझावित समाचार