सालमनीदेवी हाइड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । सभाबाट कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबरको १० लाख कित्ता आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले डोटीस्थित कापडीगाड जलविद्युत् आयोजनामार्फत ३.३ मेगावाट विद्युत् ०७६ देखि व्यावसायिक उत्पादन गर्दै आएको छ । साथै, साधारणसभाबाट नयाँ सञ्चालक समिति पनि निर्वाचित गरिएको छ ।