एक लाख घुस प्रकरणमा कार्यालय सहयोगीलाई ६ महिना कैद, नापी सर्वेक्षकलाई सफाइ

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

एक लाख घुस मुद्दामा कार्यालय सहयोगी दोषी ठहर भएका छन् भने नापी सर्वेक्षकले सफाइ पाएका छन्।

गत २ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय वीरगन्ज पर्सामा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्यांकी वीरगन्जका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरी मुद्दा चलाएको थियो। जसमा विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार कार्यालय सहयोगी उपाध्यायलाई मात्र दोषी ठहर गरेको हो। उनलाई ६ महिना कैद र एक लाख जरिवानाको फैसला भएको छ। साथै, ६ हजार क्षतिपूर्ति शुल्क असुल्ने आदेश भएको छ। 

सर्वेक्षकको हकमा भने उनीसँग पैसा बरामद नभएको, उजुरीकर्ताले उनलाई बयानको क्रममा पोल नगरेको कराण सफाइ दिइएको छ। अख्तियारले भने मिलेमतोमा घुस लिएको दाबी गरेको थियो। छुट जग्गा दर्ताका नाममा घुस लेनदेन भएको थियो। 
 

सुझावित समाचार