- जेन–जी आन्दोलनपछि राजनीतिक दलमा नेतृत्व पुस्तान्तरण नभए पनि ताजा जनादेशमार्फत संसद्मा युवा प्रभुत्व स्थापित, प्रतिनिधिसभामा ४० वर्षमुनिका सांसद १०२, ३० वर्षमुनिका २६ र जेन–जी प्रतिनिधित्व गर्ने २८ वर्षमुनिका १३ निर्वाचित
जेन–जी आन्दोलनपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक रूपमा संसद्मा पुस्तान्तरण देखिएको छ । निर्वाचन आयोगले २१ फागुनमा सम्पन्न आमनिर्वाचन ०८२ को परिणाम सार्वजनिक गरेसँगै नवनिर्वाचित प्रतिनिधिसभामा युवा सांसदको बाहुल्यता देखिएको छ । ४० वर्षमुनिका सांसदको संख्या १०२ छ ।
नयाँ पत्रिकाले ०७९ र ०८२ को निर्वाचनका सांसदहरूको उमेरगत विश्लेषण गर्दा यसपटक ठुलो संख्यामा युवाहरू संसद प्रवेश गरेका छन्, जसमा १३ जना जेन–जी उमेर (२८ वर्षमुनि)का छन् । ०७९ मा जेन–जी उमेर समूहका तीन सांसद थिए ।
०७९ को निर्वाचनमा ३० मुनिका पाँच सांसद मात्रै भएकामा यसपटक यो संख्या २६ पुगेको छ । यस्तै, ०७९ मा ३१–४० वर्षका २७ सांसद आएकोमा ०८२ मा ७६ जना निर्वाचित भएका छन् । ४१–५० वर्षका सांसदहरू ०७९ मा ६९ जना रहेकोमा यसपटक ८८ पुगेका छन् ।
यस्तै, ५१ देखि ६० वर्ष उमेर समूहका सांसदहरू ०७९ मा ९३ रहेकोमा यसपटक ५६ मा झरेको छ । यसबाहेक ०७९ मा ६१ देखि ७० वर्ष उमेरका ६३ रहेकामा अहिले २४ जना मात्र छन् । ०७९ मा ७१–८० वर्ष उमेरका १७ सांसद रहेकामा यसपटक मात्रै पाँचजना छन् । यसपटक संसद्मा ८० माथिका कोही आएका छैनन् भने ०७९ मा एकजना थिए ।
करिब दुईतिहाइ १८२ सिट जितेको रास्वपाबाट मात्रै युवा उमेर समूहका ८३ जना सांसद निर्वाचित भएका छन् । रास्वपाबाट ३० वर्षमुनि समूहका २३ सांसद निर्वाचित भएकोमा प्रत्यक्षबाट ११ र समानुपातिकबाट १२ सांसद छन् । त्यस्तै, ३१ देखि ४० वर्षका ६० सांसद निर्वाचित भएकोमा प्रत्यक्षबाट ४१ जना छन् भने १९ सांसद समानुपातिकबाट निर्वाचित भएका छन् ।
४१ देखि ५० उमेर समूहका ६१ सांसद निर्वाचित भएकोमा प्रत्यक्षबाट ४३ र समानुपातिकबाट १८ जना सांसद निर्वाचित भएका छन् । ५१ देखि ६० उमेर समूहका ३५ सांसद निर्वाचित भएकोमा २८ जना प्रत्यक्ष र सातजना समानुपातिकबाट निर्वाचित भएका छन् । त्यस्तै, ६० वर्षमाथिका प्रत्यक्षबाट दुई र समानुपातिकबाट एक सांसद निर्वाचित भएका छन् ।
रास्वपाबाट ३० वर्षमुनिका २३ सांसद, ११ प्रत्यक्ष र १२ समानुपातिक
प्रत्यक्ष (३० वर्षमुनिका) : प्रशान्त उप्रेती, मकवानपुर २ (२५ वर्ष), मनीष खनाल, नवलपरासी पूर्व २ र केपी खनाल, कैलाली २ (२६ वर्ष), बब्लु गुप्ता, सिराहा १ र सुलभ खरेल, रुपन्देही २ (२८ वर्ष), निशा डाँगी, झापा १, सस्मित पोखरेल, काठमाडौं ५ (२९ वर्ष), शिवशंकर यादव, सिराहा २, रामजी यादव, सप्तरी २, सोविता गौतम, चितवन ३ र रञ्जु दर्शना, काठमाडौं १ (३० वर्ष),
समानुपातिक (३० वर्षमुनिका) : स्मृति सेञ्चुरी (२६), खिमा विक (२७), आकृति अवस्थी (२७), सृष्टि भट्टराई (२७) पुरुषोत्तम शुप्रभात यादव (२७), श्रद्धा कुँवर क्षेत्री (२७), करिश्मा कठरिया (२८) क्रान्तिशिखा धिताल (२९), अनुष्का श्रेष्ठ (२९), एलिजा गुरुङ (३०), सीता बादी (३०), अंकिता ठाकुर (३०)
३१ देखि ४० वर्षका ६० सांसद, ४१ प्रत्यक्ष, १९ समानुपातिक
रुविना आचार्य, मोरङ ६ र सुशान्त वैदिक, प्युठान १ (३१ वर्ष), तपेश्वर यादव, सिराहा ४, उज्ज्वलकुमार झा, महोत्तरी ३, बदनकुमार भण्डारी, काभ्रेपलाञ्चोक २ र झविलाल डुम्रे, स्याङ्जा २ (३३ वर्ष), सन्तोष राजवंशी, मोरङ ४, दीपककुमार साह, महोत्तरी २, सोम शर्मा, बागलुङ २, सागर ढकाल, गुल्मी १ (३४ वर्ष), सुनील लम्साल, रुपन्देही १, खगेन्द्र सुनार, बाँके ३ (३५), बालेन्द्र शाह, झापा ५, पुष्पाकुमारी चौधरी, सप्तरी १, सुशीलकुमार कानू, पर्सा ३, जगदीश खरेल, दोलखा १, तोसिमा कार्की, ललितपुर ३, कन्हैया बनियाँ, रुपन्देही ४ (३६), प्रकाश पाठक, झापा २, आशिका तामाङ, धादिङ १, प्रकाश गौतम, मकवानपुर १ र हरिप्रसाद भुसाल, अर्घाखाँची १ (३७ वर्ष), रविन महतो, सर्लाही २, धनेन्द्र कार्की, सिन्धुली १, पुकार बम, काठमाडौं ४, तौफिक अहमद खान, रुपन्देही ५, सुदन गुरुङ, गोरखा १, कमल सुवेदी, दाङ ३, दीपकराज बोहरा, कञ्चनपुर २ (३८ वर्ष), रहवर अन्सारी, बारा ४, राजीव खत्री, भक्तपुर २, राजन गौतम, नवलपरासी पूर्व १, सुशील खड्का, बागलुङ १, विपिनकुमार आचार्य, दाङ २, जगतकुमार जोशी, कैलाली ३, लालविक्रम थापा, सुनसरी २ (३९), कृष्णकुमार कार्की, मोरङ २, गणेश कार्की, मोरङ ३, पारशमणि गेलाल, उदयपुर १, प्रमोदकुमार महतो, महोत्तरी १, ज्ञानेन्द्रसिंह महता, कञ्चनपुर ३ (४०)
समानुपातिक : अप्सना बानू (३१), गजाला समिम मिकरानी (३१), सरिता महतो (३२), रमेश प्रसाईं (३२), प्रतिभा रावल (३२), गीता चौधरी (३३), गंगा छत्याल (३५), सुनिताकुमारी चौधरी (३५), कृपा महर्जन (३६), राम लामा (३६), मिङमा ग्याबु शेर्पा (३६), तारा विश्वकर्मा (३६), रिमा विश्वकर्मा (३७), समिना मियाँ (३७), भूमिका श्रेष्ठ (३७), शोभा खनाल (३८), निशा मेहता (३८), प्रभा ढकाल (३९), सुजाता तामाङ (३९)
४१ देखि ५० का ६१ सांसद, ४३ प्रत्यक्ष, १८ समानुपातिक
यज्ञमणि न्यौपाने, मोरङ १, सूर्यबहादुर तामाङ, उदयपुर २, शम्भुकुमार यादव, सिराहा १, अरविन्द साह बारा ३ (४१), आशा झा, मोरङ ५, अशोककुमार चौधरी, सुनसरी ३, चन्दनकुमार सिंह, बारा २, हरि ढकाल, चितवन १ (४२ वर्ष), नीतिमा भण्डारी कार्की, सर्लाही १, गणेश पौडेल, रौतहट ४, गणेश धिमाल, बारा १, सुनील केसी, काठमाडौं २, जगदीश खरेल, ललितपुर २, उत्तमप्रसाद पौडेल, कास्की २, विक्रम तिमिल्सिना, नुवाकोट १ (४३), अमरकान्त चौधरी, सप्तरी ३, आशिष गजुरेल, सिन्धुली २, विराजभक्त श्रेष्ठ, काठमाडौं ८, सागर भुसाल, पर्वत १, कृष्णहरि बुढाथोकी, रामेछाप १ (४४ वर्ष), धर्मराज केसी, लमजुङ १, माधवबहादुर थापा, पाल्पा २, मनीष झा, धनुषा ३ (४५), बुद्धिप्रसाद पन्त, पर्सा १, गणेश पराजुली, काठमाडौं ७, रुकेश रञ्जित, भक्तपुर १, कवीन्द्र बुर्लाकोटी, गोरखा २, खडकराज पौडेल, कास्की १, रमेशकुमार सापकोटा, सुर्खेत २ (४६), शिशिर खनाल, काठमाडौं ६, बुद्धरत्न महर्जन, ललितपुर १, कोमल ज्ञवाली, कैलाली १ (४७), रवीन्द्र पटेल, रौतहट ३, अचुतम लामिछाने, नुवाकोट २, डा. लेखजंग थापा, रुपन्देही ३, खेमराज कोइराला, कैलाली ४ (४८), रामविनोद यादव, धनुषा २, दीपककुमार साह, सुनसरी ४ (४९ वर्ष), टेकबहादुर शाक्य, पर्सा ४, रवि लामिछाने, चितवन २, धनञ्जय रेग्मी, स्याङ्जा १, आनन्दबहादुर चन्द, कैलाली ५, शम्भुप्रसाद ढकाल, झापा ४ (५० वर्ष)
समानुपातिक : रत्नकुमारी थापा (४१), ओजस्वी शेरचन (४१), समीक्षा बाँस्कोटा (४१), टीका संग्रौला (४१), अमृता विक (४३), पुनमकुमारी अग्रवाल (४३), कामिनी कुमारी (४४), रजनी श्रेष्ठ (४४), खगेन्द्र कर्ण (४४), सुम्निमा उदास (४५), सिर्जना श्रेष्ठ (४५), कुशुम महर्जन (४६), प्रभा कार्की (४८), सुष्मा स्वर्णकार (४८), प्रमिला कुलुजू (४८), विधुषी राणा (४९), प्रकाशचन्द्र दर्जी (४९), मञ्जु भुसाल (४९)
५१ देखि ६० उमेरका ३५, २८ प्रत्यक्ष, ७ समानुपातिक
राजकिशोर महतो, धनुषा ४, डोलप्रसाद अर्याल, काठमाडौं ९, प्रदीप विष्ट, काठमाडौं १०, स्वर्णिम वाग्ले, तनहुँ १, गोविन्द पन्थी, गुल्मी २, ठाकुरसिंह थारू, बर्दिया १, नरेन्द्रकुमार गुप्ता, नवलपरासी पश्चिम (५१ वर्ष), नरेन्द्र साह कलवार, सर्लाही ३, विना गुरुङ, कास्की ३, मोहनलाल आचार्य, कपिलवस्तु १, श्रीधर पोखरेल, बर्दिया २ (५३ वर्ष), गौरी कुमारी, महोत्तरी ४, राजेशकुमार चौधरी, रौतहट १, ताराप्रसाद जोशी, डडेल्धुरा १ (५४ वर्ष), इन्दिरा रानामगर, झापा २, अमरेशकुमार सिंह, सर्लाही ४, राजुनाथ पाण्डे, काठमाडौं ३, विक्रम खनाल, नवलपरासी पश्चिम १, जनकसिंह धामी, कञ्चनपुर १ (५५ वर्ष), बोधनारायण श्रेष्ठ, धादिङ २, मधुकुमार चौलागाईं, काभ्रेपलाञ्चोक १, श्रीराम न्यौपाने, तनहुँ २, सुरेशकुमार चौधरी, बाँके १ (५६ वर्ष), रामाकान्तप्रसाद चौरसिया, पर्सा ३, भरतप्रसाद पराजुली, सिन्धुपाल्चोक १ (५७ वर्ष), विश्वराज पोखरेल, ओखलढुंगा १, हरिमोहन भण्डारी, बैतडी १ (५९ वर्ष), देवराज पाठक, दाङ १ (६० वर्ष)
समानुपातिक : सुरेन्द्र चौधरी (५३), बसुमाया तामाङ (५४), रचना खतिवडा खत्री (५१), लिमा अधिकारी (५१), ललिताकुमारी (५४), ज्ञानु पौडेल (५६), प्रेमलाल चौधरी (५६)
६० माथिका तीन, २ प्रत्यक्ष, १ समानुपातिक
विक्रम थापा, कपिलवस्तु २ (६३ वर्ष), सीताराम साह, सप्तरी ४ (६५ वर्ष)
समानुपातिक : खुश्बुसरकार श्रेष्ठ (६२)
कांग्रेसमा ४० मुनिका नौ सांसद
कांग्रेसबाट प्रत्यक्षमा पाँच र समानुपातिकमा चार गरी नौजना युवा सांसद बनेका छन् । समानुपातिकतर्फ ३० वर्षकी गीता गुरुङ आदिवासी जनजाति महिलातर्फबाट सांसद बनेकी हुन् । यस्तै, ३७ वर्षकी हरिनादेवी कामी दलित महिलातर्फबाट सांसद बनेकी छिन् भने ३९ वर्षकी रेनुका काउचा आदिवासी जनजाति महिलातर्फबाट र शाहजान खातनु मुस्लिम महिला (वर्ष ४०) सांसद बनेकी छिन् । प्रत्यक्षमा योगेश गौचन थकाली मुस्ताङ १ (३२ वर्ष), निश्कल राई इलाम १ (३५ वर्ष), सन्दीप राना पाल्पा १ (३६ वर्ष), मो. फिरदोष आलम रौतहट २ (३९ वर्ष) र खडकबहादुर बुढा जाजरकोट १ (४० वर्ष) निर्वाचित भएका छन् ।
यस्तै, ४१ देखि ५० वर्षसम्म समानुपातिकबाट चारजना र प्रत्यक्षबाट पनि पाँचजना सांसद बनेका छन् । सीता थपलिया खसआर्य महिला (वर्ष ४१), मनमाया विक दलित महिला (वर्ष ४४), पवित्रा विक दलित महिला (वर्ष ४९) र प्रमिलाकुमारी गच्छदार थारू महिला (वर्ष ५०) समानुपातिकबाट सांसद बनेका छन् । प्रत्यक्षतर्फ अभिषेकप्रताप शाह कपिलवस्तु ३ (वर्ष ४३), बासना थापा दैलेख १ (वर्ष ४५), जयपति रोकाया हुम्ला १ (वर्ष ४७), मोहन आचार्य रसुवा १ (वर्ष ४८) र सन्तोष सुब्बा तेह्रथुम १ (वर्ष ४८) निर्वाचित भएका हुन् ।
यस्तै, ५१ देखि ६० वर्षसम्म गीताकुमारी सेन्दाङ आदिवासी जनजाति महिला (वर्ष ५२), गंगालक्ष्मी अवाल आदिवासी जनजाति महिला (वर्ष ५३) निनुकुमारी कर्ण मधेशी महिला (वर्ष ५२) रिना उप्रेती खसआर्य महिला (वर्ष ५४) रेखाकुमारी यादव मधेशी महिला (वर्ष ५४) र मदनकृष्ण श्रेष्ठ आदिवासी जनजाति/अपांग पुरुष (वर्ष ५९) समानुपातिकबाट सांसद बनेका छन् ।
प्रत्यक्षतर्फ नरेन्द्रकुमार केरुङ पाँचथर १ (वर्ष ५३), खड्ग शाही मुगु १ (वर्ष ५९), विष्णुबहादुर खड्का सुर्खेत १ (वर्ष ५९ ) र जनकराज गिरी बाजुरा १ (वर्ष ६०) निर्वाचित भएका छन् ।
६१ देखि ७० वर्षसम्मका आठजना सांसद बनेका छन् । समानुपातिकबाट भीष्मराज आङ्देम्बे आदिवासी जनजाति पुरुष (वर्ष ६१), चन्द्रमोहन यादव मधेशी पुरुष (वर्ष ६४), कालीबहादुर सहकारी खसआर्य/पिक्षे पुरुष (वर्ष ६८), सुशीला ढकाल आचार्य खसआर्य महिला (वर्ष ६४), रुक्मिणीदेवी कोइराला खसआर्य महिला (वर्ष ७०) सांसद बनेका छन् । प्रत्यक्षतर्फ प्रकाशसिंह कार्की सोलुखुम्बु १ (वर्ष ६२), भरतबहादुर खड्का डोटी १ (वर्ष ६८) र भरतकुमार स्वाँर अछाम १ (वर्ष ७०) निर्वाचित भएका छन् ।
७० देखिमाथि दुईजना सांसद बनेका छन् । समानुपातिकबाट अर्जुननरसिंह केसी खसआर्य पुरुष (वर्ष ७८) र प्रत्यक्षबाट टेकबहादुर गुरुङ मनाङ १ (वर्ष ७१) सांसद बनेका छन् ।
कांग्रेसमा ४० मुनिका ६ सांसद
एमाले बाट ६ जना युवा सांसद बनेका छन् । समानुपातिकबाट चार र प्रत्यक्षबाट दुईजना ४० वर्षमुनिका निर्वाचित भएका हुन् । ३० वर्षसम्मका एमालेबाट कोही पनि सांसद बनेनन् । ३१ देखि ४० वर्षसम्म समानुपातिकबाट एशुदाकुमारी बराल खसआर्य/पिक्षे महिला (वर्ष ३४) निता घतानी दलित महिला (वर्ष ३७), रिगला यादव मधेशी महिला (वर्ष ४०) र यशोधा कुमारी मधेशी महिला (वर्ष ४०) सांसद बनेका छन् । प्रत्यक्षतर्फ सुहाङ नेम्वाङ इलाम २ (वर्ष ३६) र क्षितिज थेबे ताप्लेजुङ १ (वर्ष ३८) निर्वाचित भएका छन् ।
४१ देखि ५० वर्षसम्म पनि ६ जना सांसद बनेका छन् । समानुपातिकतर्फबाट साजिदा खातुन सिद्दिकी मुस्लिम महिला (वर्ष ४४), कृपाराम राना थारू पुरुष (वर्ष ४६) र गंगादेवी श्रेष्ठ आदिवासी जनजाति महिला (वर्ष ४९) सांसद बनेका छन् । प्रत्यक्षतर्फबाट ऐनबहादुर महर बझाङ १ (वर्ष ४१), मोहम्मद इस्तियाक राई बाँके २ (वर्ष ४६) र यज्ञबहादुर बोगटी अछाम २ (वर्ष ५०) निर्वाचित भएका छन् ।
यस्तै, ५१ देखि ६० वर्षसम्म पाँचजना सांसद बनेका छन् । समानुपातिकबाट विष्णुमाया विक दलित महिला (वर्ष ५१), भूमिका लिम्बू सुब्बा आदिवासी जनजाति महिला (वर्ष ५५) र पद्माकुमारी अर्याल खसआर्य महिला (वर्ष ५६) सांसद बनेका छन् । प्रत्यक्षतर्फबाट गणेशसिंह ठगुन्ना दार्चुला १ (वर्ष ५७) र राजेन्द्रकुमार राई धनकुटा १ (वर्ष ५९) निर्वाचित भएका छन् ।
६१ देखि ७० वर्षसम्म आठजना सांसद बनेका छन् । जसमा ६ जना समानुपातिक र दुईजना प्रत्यक्षबाट निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट चन्देश्वर मण्डल मधेशी पुरुष (वर्ष ६१), टुकाभद्र हमाल खसआर्य महिला (वर्ष ६३), कुलभक्त शाक्य आदिवासी जनजाति पुरुष (वर्ष ६३), गुरुप्रसाद बराल खसआर्य पुरुष (वर्ष ६८) रामबहादुर थापामगर आदिवासी जनजाति पुरुष (वर्ष ६९) र पुष्पराज कँडेल खसआर्य पुरुष (वर्ष ७०) सांसद बनेका छन् ।
प्रत्यक्षतर्फ अर्जुनकुमार कार्की संखुवासभा १ (वर्ष ६२) र लक्ष्मीप्रसाद पोखरेल दैलेख २ (वर्ष ६३) निर्वाचित भएका छन् ।
एमालेबाट ७० वर्षभन्दा माथिका कोही पनि सांसद बनेका छैनन् ।
नेकपामा सबै ४० माथिका
नेपाली कम्युनिस्ट पार्टी बाट ४१ देखि ५० वर्षसम्मका आठजना सांसद बनेका छन् । जसमा समानुपातिकबाट चार र प्रत्यक्षबाट चारजना सांसद छन् । समानुपातिकबाट पार्वती विक दलित महिला (वर्ष ४२), निराशा चौधरी (डगौरा) थारू महिला (वर्ष ४३), प्रेमबहादुर वयक खसआर्य/अपांग पुरुष (वर्ष ४५) र भीमकुमारी बुढामगर आदिवासी जनजाति महिला (वर्ष ५०) सांसद बनेका छन् । प्रत्यक्षतर्फ युवराज दुलाल सिन्धुपाल्चोक २ (वर्ष ४३), रमेशकुमार मल्ल सल्यान १ (वर्ष ४७), गोपाल शर्मा रुकुम पश्चिम १ (वर्ष ४८) र महेन्द्रबहादुर शाही कालीकोट १ (वर्ष ४९) निर्वाचित भएका छन् ।
यस्तै, ५१ देखि ६० वर्षसम्मका चार सांसद बनेका छन् । समानुपातिकबाट बलावती शर्मा खसआर्य महिला (वर्ष ५३) र गणेशबहादुर विश्वकर्मा दलित पुरुष (वर्ष ५५) सांसद बनेका छन् । यस्तै, प्रत्यक्षबाट धनबहादुर बुढा डोल्पा १ (वर्ष ५१) र वर्षमान पुन रोल्पा १ (वर्ष ५४) निर्वाचित भएका छन् ।
६१ देखि ७० वर्षसम्मका तीनजना सांसद बनेका छन् । समानुपातिकबाट जोगकुमार बरबरिया यादव मधेशी पुरुष (वर्ष ६१) सांसद बनेका छन् । प्रत्यक्षबाट मातृका यादव धनुषा १ (वर्ष ६७) र पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ (वर्ष ७०) निर्वाचित भएका छन् । ७० वर्षभन्दा माथि दुईजना सांसद बनेका छन् । समानुपातिकबाट प्रमेशकुमार हमाल खसआर्य पुरुष (वर्ष ७१) र परशुराम तामाङ आदिवासी जनजाति पुरुष (वर्ष ७३) सांसद बनेका छन् ।
श्रम संस्कृतिमा र राप्रपामा यस्तो छ अवस्था
श्रम संस्कृति पार्टीबाट ३० वर्षमुनिका दुईजना सांसद बनेका छन् । समानुपातिकबाट रुबी कुमारी मधेशी महिला (वर्ष २५) सांसद बनेकी हुन् । प्रत्यक्षबाट आरेन राई खोटाङ १ (वर्ष २९) निर्वाचित भएका छन् । यस्तै, ४१ देखि ५० वर्षसम्मका चारजना सांसद बनेका छन् । समानुपातिकबाट राधिका रम्तेल दलित महिला (वर्ष ४३) र अम्बिकादेवी संग्रौला खसआर्य महिला (वर्ष ५०) सांसद बनेका छन् । प्रत्यक्षबाट हर्कराज राई सुनसरी १ (वर्ष ४१) र ध्रुवराज राई भोजपुर १ (वर्ष ४१) निर्वाचित भएका छन् । ६१ देखि ७० वर्षसम्म एकजना सांसद बनेका छन् । समानुपातिकबाट पूर्णप्रसाद लिम्बू आदिवासी जनजाति पुरुष (वर्ष ६३) सांसद बनेका हुन् ।
राप्रपा बाट दुईजना युवा सांसद बनेका छन् । प्रत्यक्षतर्फ ज्ञानबहादुर शाही जुम्ला १ (वर्ष ३४) निर्वाचित भएका हुन् भने समानुपातिकबाट खुश्बु ओली खसआर्य महिला (वर्ष ३५) सांसद बनेकी हुन् । यस्तै, सरस्वती लामा आदिवासी जनजाति महिला (वर्ष ५७) भरत गिरी खसआर्य पुरुष (वर्ष ६३) र ताहिर अली भाट मुस्लिम पुरुष (वर्ष ६३) सांसद बनेका छन् ।
०७९ को संसद्मा कस्तो थियो समावेशी र उमेरगत अवस्था ?
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ४७.२७ प्रतिशत खसआर्य थिए । प्रत्यक्षतर्फ ३१ महिला र ९९ पुरुषसहित खसआर्यबाट १३० जना निर्वाचित भएका थिए ।
प्रत्यक्षतर्फ खसआर्य ९५, आदिवासी ३६, मधेशी २५, दलित एक, थारू आठ, मुस्लिमबाट शून्य सांसद थिए । समानुपातिकतर्फ खसआर्य ३५, आदिवासी ३१, मधेशी १७, दलित १५, थारू ६, मुस्लिम ६ सांसद थिए ।
समग्रमा जनजातितर्फ ६७ जनाको प्रतिनिधित्व थियो । २८ महिला र ३९ पुरुष निर्वाचित जनजाति समूहले २४.३६ प्रतिशत ओगटेको थियो । १५ महिला र २७ पुरुषसहित ४२ जना निर्वाचित भएको मधेशी समूहले १५.२७ प्रतिशत स्थान ओगटेको थियो । यस्तै, आठ महिला र आठ पुरुषसहित १६ जना निर्वाचित भएको दलित समूहबाट ५.८१ प्रतिशत प्रतिनिधित्व थियो । ६ महिला र आठ पुरुष निर्वाचित भएको थारू क्लस्टरबाट प्रतिनिधिसभामा ५.०९ प्रतिशत प्रतिनिधित्व भएको थियो । तीन महिला र तीन पुरुषसहित ६ जना निर्वाचित मुस्लिम समूहले प्रतिनिधिसभामा २.१८ प्रतिशत स्थान ओगटेको थियो । २७५ मध्ये महिला ९२ जना थिए ।
नतिजामा २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस ८८ सिटसहित पहिलो भएको थियो । एमाले ७९, माओवादी ३२, रास्वपा २१, राप्रपा १४, जसपा १२, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ४, नेमकिपा, जनमोर्चा र आजपा १–१ सिट र दुईजना स्वतन्त्र निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ कांग्रेस ५७, एमाले ४६, माओवादी १८, एकीकृत समाजवादी १०, रास्वपा नौ, जसपा नेपाल आठ, राप्रपा सात, लोसपा चार, नागरिक उन्मुक्ति चार, नेमकिपा, जनमत, जनमोर्चा, आजपाले एक–एक सिट र स्वतन्त्र दुई सांसदले जितेका थिए । समानुपातिकतर्फ एमाले ३४, कांग्रेस ३२, माओवादी १४, रास्वपा १३, राप्रपा सात, जसपा नेपाल पाँच, जनमत पाँच सिट प्राप्त गरेका थिए ।
उमेरगत हिसाबले २७५ सदस्यमध्ये ४० वर्ष कटेका दुइतिहाइभन्दा बढी थिए । आयोगको तथ्यांकअनुसार ४० मुनिकामा ३२ जना र ४० कटेका २४३ जना थिए । ३० मुनिका पाँचजना सांसद थिए । ३० देखि ४० सम्म २७ जना थिए । ४० माथिको ४१–५० वर्ष उमेर समूहका ६९ जना थिए । ५१–६० उमेर समूहका ९३ जना सांसद थिए । ४० माथिको उमेर समूहमा सबैभन्दा बढी सदस्य यही समूहमा थियो । ६१–७० वर्ष उमेर समूहमा ६३ जना थिए । ७१–८० वर्ष उमेर समूहमा १७ र ८० वर्षमाथि एक सदस्य थिए ।