११ वर्ष जेल बसेर छुटेका युवक फेरि पक्राउ

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

विभिन्न अपराधमा ११ वर्ष जेल बसेर छुटेका युवक फेरि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको इन्द्रावरी ४ घर भएका ३२ वर्षिय प्रेम लामा ललितपुरमा चोरी आरोपमा पक्राउ परेका हुन्। 

गत ३ चैतमा महालक्ष्मी नगरपालिका- ७, सिद्धिपुरस्थित कृष्णप्रसाद श्रेष्ठको घरबाट भएको चोरी घटनामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। जसमा दोलखा भीमेश्वर- २ घर भएका ३२ वर्षीय सजनकुमार श्रेष्ठ पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट चोरीका घटना पनि बरामद गरिएको ललितपुर परिसरका एसपी गौतम मिश्रले बताए। 
 

सुझावित समाचार