विज्ञताका आधारमा मन्त्री छनोट हुन्छ : रवि लामिछाने

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञताका आधारमा पार्टीले मन्त्री छान्ने बताएका छन्। विज्ञताको मूल्यांकन गरेर पार्टीले मन्त्री चयन गर्ने भएकाले मन्त्री बनाइदिन भनेर दौडधुप नगर्न उनले निर्देशन दिए।

मन्त्रीका लागि मिडियाबाजी पनि आवश्यक नभएको उनको भनाइ छ। आफ्नो क्षेत्रमा बजेट लैजान ध्यान दिनेभन्दा समग्र देशको विकासमा ध्यान दिन उनले सांसदहरूलाई आग्रह गरेका छन्।

कार्यक्रममा उनले जनताले पार्टीलाई जति ठूलो बनाइदिएका छन् त्यती नै ठूलो जिम्मेवारी रहेको बताएका छन्। हरेक दिन जनताको मत सम्झेर काम गर्न सांसदहरुलाई काम गर्न निर्देशन दिए। 
आफ्नो निर्वाचन क्षेत्रमा हरेक दिन खटिन उनले निर्देशन दिए। ‘तपाईका क्षेत्रका कुनै पनि जनताले दुःख पाउनुभएन,’ उनले भने। 

जिम्मेवार भएर काम नगर्नेको हकमा पार्टीले राइट टु रिकललाई कडाईका साथ लागु गरिने समेत उनले बताए। 

सुझावित समाचार