रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजना गरिएको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे विस्तृत जानकारी प्रदान गरिनेछ। साथै पार्टीले अवलम्बन गर्नुपर्ने नीति तथा रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।

रास्वपाका अनुसार यस अभिमुखीकरणले नयाँ तथा पुराना सांसदहरूलाई संसदीय कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट कुल १८२ सिट जितेको थियो।

सुझावित समाचार