सदीक्षालाई क्विन्स ग्याम्बिट उपाधि

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

अधिवक्ता सदीक्षा आचार्यले दोस्रो हिमालयन क्विन्स ग्याम्बिट उपाधि जितेकी छिन् । थापाथाली चेस पार्कमा अपराजित रहँदै ६.५ अंक बनाएर उनले उपाधि जितेकी हुन् । स्विस लिग प्रणालीअनुसार सात चरणमा भएको ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा सोनालिका सर्राफले पनि ६.५ अंक बनाएकी थिइन् । बराबरी अंक भए पनि टाइब्रेकरमा पायोनियर ल एसोसिएटकी सदीक्षा पहिलो भइन् । प्रिसियस अधिकारी र शुभश्री श्रेष्ठले समान ६ अंक बनाए । टाइब्रेकरमा प्रिसियस तेस्रो भइन् । 

यसैगरी, यू–७ मा रुथ्वी सिंह ४ अंकका साथ शीर्ष स्थानमा रहिन् । यू–१० मा संगीता दास र यू–१३ सुप्रिया खत्री पहिलो भएका छन् । ४० वर्षमाथि शिवांगी नाथ ५ अंकका साथ पहिलो स्थानमा रहेको आयोजकले जनाएको छ । स्कुलतर्फ मार्भलस इंग्लिस बोर्डिङले उपाधि जितेको छ । मार्भलसका तीन खेलाडीले शीर्ष स्थानमा रहँदै मूल्यांकनका आधारमा ८ अंक बटुल्दै ट्रफी जितेको हो । ग्रिनल्यान्ड इन्टरनेसनल स्कुल ५ अंकसहित उपविजेता बन्यो । 

विश्व बुद्धिचाल महासंघको फिडे महिला कमिसन फर चेसले मार्चमा ‘फिडे महिला चेस म्याराथन’ सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत हिमालयन चेस एकेडेमीले नेपालमा हिमालयन क्विन्स ग्याम्बिट आयोजना गरेको हो । जसमा ६ वर्षदेखि ४७ वर्षसम्मका १०३ खेलाडी सहभागी थिए । एकेडेमीले क्विन्स ग्याम्बिटसँगै क्लासिकल, ¥यापिड, ब्लिट्ज र पजल सोल्भिङ गरी कुल १४ प्रतियोगिता आयोजना गर्यो ।

सुझावित समाचार