नेपाली कांग्रेसले बुझायो २० समानुपातिक सांसदको सूची

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

नेपाली(कांग्रेस)ले समानुपातिकतर्फ सांसदको सूची निर्वाचन आयोगमा सिफारिस गरेको छ ।  

कांग्रेसले खसआर्यतर्फ अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको सिफारिस गरेको छ। 
त्यस्तै, आदिवासी जनजातितर्फ  भीष्मराज आङ्देम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएको कांग्रेसका एक नेताले बताए। 

मधेसी क्लस्टरतर्फ चन्द्रमोहन यादव, निनुकुमारी कर्ण र रेखाकुमारी यादव छन् तथा मुस्लिमतर्फबाट साहजान खातुन सिफारिस भएका छन्। थारू क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलिततर्फबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा सिफारिस भएका छन्। 

नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ। 
 

सुझावित समाचार