थारू समुदायकाे भान्सामा पाइने डोक्नी अन्य समुदायको रोजाइमा पर्न थाल्यो

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

थारू समुदायको भान्सामा प्रयोग हुँदै आएको डोक्नी पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको छ । थारू समुदायको भान्सामा प्रयोग हुँदै आएको काठबाट निर्माण गरिएको डोक्नी पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको हो ।

परम्परागत रूपमा थारू समुदायले अचार बनाउन र मसला पिस्न डोक्नीको प्रयोग गर्दै आएका थिए । डोक्नीमा पिसेको अचार स्वादिलो हुने भएकोले पनि डोक्नी धेरैको रोजाइमा पर्न थालेको छ।

डोक्नी विशेष गरी सिसौ, पाननको काठबाट बन्ने गरेको गेरुवा गाउँपालिका– ४, बिहानीबजारका कैलाश वैधले बताए  । उनले भने, ‘पछिल्लो समय डोक्नीकाे माग बढ्दै गएको छ, तर सजिलै डाेक्नी बनाउने काठ पाइँदैन । त्यही मागअनुसार डोक्नी पुर्याउन सकेको छैन ।’ 

‘डोक्नीको साइज हेरेर बिक्री गर्ने गरेको छु । काठ पाइएमा दैनिक तीनवटासम्म डोक्नी बनाउन सकिन्छ, तर काठ सजिलै पाइँदैन,’ उनले भने ।

सुझावित समाचार