रामेछापमा करिब नाै हजार मत बदर

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापमा करिब नाै हजार मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ पाँच हजार ४८ र समानुपातिकतर्फ तीन हजार ८०८ गरी कुल आठ हजार ८५६ मत बदर भएको हो।

प्रत्यक्षतर्फ ८७ हजार ४२ मत खसेकोमा ८१ हजार ९९४ मत मात्रै सदर भएको छ। त्यस्तै, समानुपातिकतर्फ ८७ हजार ४९१ मत खसेकोमा ८३ हजार ६८३ मत मात्रै सदर भएको छ।

जिल्लाका ५२ प्रतिशत मतदाता मतदान प्रक्रियामा नै सहभागी भएनन्। कुल एक लाख ८७ हजार ९५२ मतदाताहरूमध्ये ९७ हजार २४२ जनाले मतदान नगरेका कार्यालयले जनाएको छ। मतदान गर्नु नागरिकको संवैधानिक अधिकार भए पनि रामेछापका आधाभन्दा धेरै मतदाताले यसपटकको चुनावमा त्यो अधिकार प्रयोग गरेनन्। जिल्लामा कुल एक लाख ८७ हजार ९५२ मतदाता रहेकोमा ९० हजार ७१० मत मात्रै खसेको हो। यो प्रतिशतको हिसाबले ४८ प्रतिशत मात्रै हो।

सुझावित समाचार