प्रधानन्यायाधीश राउतले अवकाश पाउँदै, नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको सिफारिस

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले तीन सातापछि अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ। न्याय परिषद्ले सर्वाेच्चका ६ वरिष्ठतम् न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको हो । 

वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाइएको हो । प्रधानन्यायाधीश राउतले ६५ वर्षे उमेरहदका कारण आगामी १७ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति गर्नुपर्ने संवैधानिक प्रावधान छ । 

संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाईको प्रक्रियामार्फत प्रधानन्यायाधीश राष्ट्रपतिबाट नियुक्त हुनेछन् । तर, १७ चैतभित्रकै संसदीय सुनुवाई समिति गठन भएर संसदीय सुनुवाईको प्रक्रिया सम्पन्न नहुने भएकाले केही समय वरिष्ठतम् न्यायाधीश प्रधानले कामु भएर न्यायालयको नेतृत्व सम्हाल्ने सम्भावना छ । संसदीय सुनुवाई समितिले सिफारिस अस्वीकृत  गर्नसक्ने कानुनी व्यवस्था पनि छ । 

सुझावित समाचार