प्रत्यक्षतर्फ कुन उमेर समूहका कति सांसद ?

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनमा पुराना दलहरूको हैसियत व्यापक उलटफेर भएसँगै नयाँ प्रतिनिधिसभामा युवा उपस्थिति पनि बढ्दै छ । सोमबार रातिसम्म प्रत्यक्षतर्फका १६५ सिटको अन्तिम नतिजा आउँदा ५० वर्षसम्मका ११८ सांसद निर्वाचित भएका छन् । यीमध्ये १२ सांसद त ३० वर्षभित्रका छन् । ६० वर्ष नाघेका ११ जना मात्रै संसद् पुगेका छन् । 
समानुपातिकतर्फ ११० सिटका लागि पनि मतगणना जारी छ । यसमा कुन दलबाट कुन उमेर समूहका कति सांसद आउँछन् ठ्याक्कै नतिजा आउन अझै केही दिन लाग्नेछ । तर, बढी सिट जित्ने निश्चित भएको रास्वपाले मनोनयन सूचीमा अधिकांश युवालाई नै समेटेकाले अबको संसद्मा समग्रमै ५० वर्ष ननाघेकाको बाहुल्य हुने देखिन्छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपामा युवा सांसदकै बाहुल्य देखिन्छ । प्रत्यक्षमा निर्वाचितहरूको उमेरगत विवरण विश्लेषण गर्दा ३० वर्ष वा मुनिका १२ जना छन् । जसमध्ये ११ जना रास्वपाबाट नै निर्वाचित भएका हुन् । एकजना श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् ।

सबैभन्दा कान्छो सांसद बनेका छन् मकवानपुर २ बाट निर्वाचित २५ वर्षीय प्रशान्त उप्रेती । त्यस्तै, नवलपरासी पूर्व २ बाट निर्वाचित मनीष खनाल र कैलाली २ बाट निर्वाचित केपी खनाल २६ वर्षका छन् । त्यस्तै, सिराहा १ बाट निर्वाचित बब्लु गुप्ता र रूपन्देही २ बाट निर्वाचित सुलभ खरेल २८ वर्षका छन् । झापा १ बाट निर्वाचित निशा डाँगी, काठमाडौं ५ बाट निर्वाचित सस्मित पोखरेल र खोटाङ १ बाट निर्वाचित आरेन राई तीनैजना २९ वर्षका छन् ।

जेन–जी उमेर समूहबाट सांसद बनेका यी आठजनामा राईबाहेक सबै रास्वपाका हुन् । राई भने श्रम संस्कृति पार्टीका हुन् । यीबाहेक ३० वर्ष उमेरका चारजना सांसद बनेका छन् । सिराहा २ बाट शिवशंकर यादव, सप्तरी २ बाट रामजी यादव, चितवन ३ बाट सोविता गौतम र काठमाडौं १ बाट रञ्जु दर्शना रास्वपाबाटै उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । 

३१ देखि ४० वर्ष उमेरका ४९ सांसद निर्वाचित भएका छन् । त्यस्तै, ४१ देखि ५० वर्ष उमेर समूहका ५७ जना सांसद बनेका छन् । ३६ सांसद ५१ देखि ६० वर्ष उमेरका छन् । ६१ वर्षदेखि माथिका १० सांसद छन् जसमा कांग्रेसका टेकबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन सबैभन्दा धेरै उमेर ७१ वर्षका छन् । गुरुङ मनाङ र पुन म्याग्दीबाट निर्वाचित भएका हुन् ।

कुन उमेर समूहमा कुन दलका कति ?
३० वर्षमुनिका १२ सांसद :
रास्वपाका ११ र श्रम संस्कृतिका १ 
प्रशान्त उप्रेती – मकवानपुर २ (२५ वर्ष) 
मनिष खनाल – नवलपरासी पूर्व २ र 
केपी खनाल – कैलाली –२ (२६ वर्ष)
बब्लु गुप्ता – सिराहा १ र सुलभ खरेल – रूपन्देही २ (२८ वर्ष)
निशा डाँगी – झापा १, सस्मित पोखरेल – काठमाडौं ५, 
आरेन राई – खोटाङ १ (२९ वर्ष)
शिवशंकर यादव – सिराहा २, रामजी यादव – सप्तरी २, सोविता गौतम – चितवन ३ र रञ्जु दर्शना – काठमाडौं १ (३० वर्ष)
३१ देखि ४० वर्षसम्मका ४९ सांसद : रास्वपाका ४१, कांग्रेसका ५, एमालेका २ र राप्रपाका १
रुविना आचार्य – मोरङ ६ र सुशान्त वैदिक – प्युठान १ (३१ वर्ष)
योगेश गौचन थकाली (कांग्रेस) – मुस्ताङ १ (३२ वर्ष) 
तपेश्वर यादव– सिराहा ४, उज्ज्वलकुमार झा– महोत्तरी ३, बदनकुमार भण्डारी – काभ्रेपलाञ्चोक २ र झविलाल डुम्रे – स्याङ्जा २ (३३ वर्ष)
सन्तोष राजवंशी – मोरङ ४, दीपककुमार साह – महोत्तरी २, सोम शर्मा – बागलुङ २, सागर ढकाल – गुल्मी १, ज्ञानबहादुर शाही (राप्रपा) – जुम्ला १ (३४ वर्ष)
सुनील लम्साल – रूपन्देही १, खगेन्द्र सुनार – बाँके ३, निस्कल राई (कांग्रेस) – इलाम १ (३५ वर्ष)
बालेन्द्र शाह – झापा ५, पुष्पाकुमारी चौधरी – सप्तरी १, सुशीलकुमार कानु – पर्सा ३, जगदीश खरेल – दोलखा १, तोसिमा कार्की – ललितपुर ३, कन्हैया बनियाँ – रूपन्देही ४, सुहाङ नेम्वाङ (एमाले) – इलाम २ (३६ वर्ष)
प्रकाश पाठक – झापा २, आशिका तामाङ – धादिङ १, प्रकाश गौतम – मकवानपुर १ र हरिप्रसाद भुसाल – अर्घाखाँची १ (३७ वर्ष) 
रविन महतो – सर्लाही २, धनेन्द्र कार्की – सिन्धुली १, पुकार बम – काठमाडौं ४, तौफिक अहमद खान – रूपन्देही ५, सुदन गुरुङ – गोरखा १, कमल सुवेदी – दाङ ३, दीपकराज बोहरा – कञ्चनपुर २, सन्दीप राना (कांग्रेस) – पाल्पा १, क्षितिज थेबे (एमाले) – ताप्लेजुङ १ (३८ वर्ष)
रिहवर अन्सारी – बारा ४, राजीव खत्री – भक्तपुर २, राजन गौतम – नवलपरासी पूर्व १, सुशील खड्का – बाग्लुङ १, विपिनकुमार आचार्य – दाङ २, जगतकुमार जोशी – कैलाली ३, लालविक्रम थापा – सुनसरी २ र मो. फिरदोष आलम (कांग्रेस) – रौतहट २ (३९ वर्ष) 
कृष्णकुमार कार्की – मोरङ २, गणेश कार्की – मोरङ ३, पारशमणि गेलाल – उदयपुर १, प्रमोदकुमार महतो – महोत्तरी १, ज्ञानेन्द्रसिंह महता – कञ्चनपुर ३ र खडकबहादुर बुढा (कांग्रेस)– जाजरकोट १ (४० वर्ष)
४१ देखि ५० वर्षका ५७ :
रास्वपाका ४३, कांग्रेसका ५, नेकपामा ४, एमालेका ३ र श्रम संस्कृतिका २ 
यज्ञमणि न्यौपाने – मोरङ १, सूर्यबहादुर तामाङ – उदयपुर २, शम्भुकुमार यादव – सिराहा १, अरविन्द साह – बारा ३, ऐनबहादुर महर (एमाले) – बझाङ १, हर्कराज राई (श्रम संस्कृति) – सुनसरी १, ध्रुवराज राई (श्रम संस्कृति) – भोजपुर १ (४१ वर्ष)
आशा झा – मोरङ ५, अशोककुमार चौधरी – सुनसरी ३, चन्दनकुमार सिंह – बारा २, हरि ढकाल – चितवन १ (४२ वर्ष) 
नीतिमा भण्डारी कार्की – सर्लाही १, गणेश पौडेल – रौतहट ४, गणेश धिमाल – बारा १, सुनील केसी – काठमाडौं २, जगदीश खरेल – ललितपुर २, उत्तमप्रसाद पौडेल – कास्की २, विक्रम तिमिल्सिना – नुवाकोट १, अभिषेकप्रताप शाह (कांग्रेस) – कपिलवस्तु ३, युवराज दुलाल (नेकपा) – सिन्धुपाल्चोक २ (४३ वर्ष) 
अमरकान्त चौधरी – सप्तरी ३, आशिष गजुरेल – सिन्धुली २, विराजभक्त श्रेष्ठ – काठमाडौं ८, सागर भुसाल – पर्वत १, कृष्णहरि बुढाथोकी– रामेछाप १ (४४ वर्ष)
धर्मराज केसी – लमजुङ १, माधवबहादुर थापा – पाल्पा २, मनीष झा – धनुषा ३, बासना थापा (कांग्रेस) – दैलेख १ (४५ वर्ष) 
बुद्धिप्रसाद पन्त – पर्सा १, गणेश पराजुली – काठमाडौं ७, रुकेश रन्जित – भक्तपुर १, कवीन्द्र बुर्लाकोटी – गोरखा २, खडकराज पौडेल – कास्की १, रमेशकुमार सापकोटा – सुर्खेत २, मोहम्मद इस्तियाक राई (एमाले) – बाँके २ (४६ वर्ष)
शिशिर खनाल – काठमाडौं ६, बुद्धरत्न महर्जन– ललितपुर १, कोमल ज्ञवाली – कैलाली १, जयपति रोकाया (कांग्रेस) – हुम्ला १, रमेशकुमार मल्ल (नेकपा)– सल्यान १ (४७ वर्ष)
रवीन्द्र पटेल – रौतहट ३, अचुतम लामिछाने – नुवाकोट २, डा. लेखजंग थापा – रूपन्देही ३, खेमराज कोइराला – कैलाली ४, मोहन आचार्य (कांग्रेस) – रसुवा १, सन्तोष सुब्बा (कांग्रेस) – तेह्रथुम १, गोपाल शर्मा (नेकपा) – रुकुम पश्चिम १ (४८ वर्ष)
रामविनोद यादव – धनुषा २, महेन्द्रबहादुर शाही (नेकपा) – कालीकोट १, दीपककुमार साह – सुनसरी ४ (४९ वर्ष)
टेकबहादुर शाक्य – पर्सा ४, रवि लामिछाने – चितवन २, धनञ्जय रेग्मी – स्याङ्जा १, आनन्दबहादुर चन्द – कैलाली ५, शम्भुप्रसाद ढकाल – झापा ४, यज्ञबहादुर बोगटी (एमाले) – अछाम २ (५० वर्ष)
५१ देखि ६० वर्षका ३६ सांसद :रास्वपाका २८, कांग्रेसका ४, एमाले र नेकपाका २–२ 

राजकिशोर महतो – धनुषा ४, डोलप्रसाद अर्याल – काठमाडौं ९, प्रदीप विष्ट – काठमाडौं १०, स्वर्णिम वाग्ले – तनहुँ १, गोविन्द पन्थी – गुल्मी २, ठाकुरसिंह थारू – बर्दिया १, नरेन्द्रकुमार गुप्ता – नवलपरासी पश्चिम २, धनबहादुर बुढा (नेकपा) – डोल्पा १ (५१ वर्ष)
नरेन्द्र साह कलवार – सर्लाही ३, विना गुरुङ – कास्की ३, मोहनलाल आचार्य – कपिलवस्तु १, श्रीधर पोखरेल – बर्दिया २, नरेन्द्रकुमार केरुङ (कांग्रेस) – पाँचथर १ (५३ वर्ष)
गौरी कुमारी – महोत्तरी ४, राजेशकुमार चौधरी – रौतहट १, ताराप्रसाद जोशी – डडेलधुरा १, वर्षमान पुन (नेकपा) – रोल्पा १ (५४ वर्ष)
इन्दिरा रानामगर – झापा २, अमरेशकुमार सिंह – सर्लाही ४, राजुनाथ पाण्डे – काठमाडौं ३, विक्रम खनाल – नवलपरासी पश्चिम १, जनकसिंह धामी – कञ्चनपुर १ (५५ वर्ष)
बोधनारायण श्रेष्ठ – धादिङ २, मधुकुमार चौलागाईं – काभ्रेपलाञ्चोक १, श्रीराम न्यौपाने – तनहुँ २, सुरेशकुमार चौधरी – बाँके १, (५६ वर्ष)
रामाकान्तप्रसाद चौरसिया – पर्सा ३, भरतप्रसाद पराजुली – सिन्धुपाल्चोक १, गणेशसिंह ठगुन्ना (एमाले) – दार्चुला १ (५७ वर्ष)
खड्ग शाही (कांग्रेस) – मुगु १ र विष्णुबहादुर खड्का (कांग्रेस) – सुर्खेत १ (५९ वर्ष)
विश्वराज पोखरेल – ओखलढुंगा १, हरिमोहन भण्डारी – बैतडी १, राजेन्द्रकुमार राई (एमाले) – धनकुटा १ (५९ वर्ष)
देवराज पाठक– दाङ १, जनकराज गिरी (कांग्रेस) – बाजुरा १ (६० वर्ष)
६१ देखि ७० वर्षका ९ सांसद : कांग्रेसका ३, रास्वपा र एमालेका २–२ र नेकपाका १
प्रकाशसिंह कार्की (कांग्रेस) – सोलुखुम्बु १, अर्जुनकुमार कार्की (एमाले)– संखुवासभा १ (६२ वर्ष)
विक्रम थापा – कपिलवस्तु २, लक्ष्मीप्रसाद पोखरेल (एमाले) – दैलेख २ (६३ वर्ष)
ताराम साह – सप्तरी ४ (६५ वर्ष)
मातृका यादव (नेकपा) – धनुषा १ (६७ वर्ष)
भरतबहादुर खड्का (कांग्रेस) – डोटी १ (६८ वर्ष)
भरतकुमार स्वाँर (कांग्रेस) – अछाम १, पुष्पकमल दाहाल ‘प्रचण्ड’ (नेकपा) – रुकुम पूर्व १ (७० वर्ष) 
सबैभन्दा धेरै उमेर ७१ वर्षका २ सांसद 
टेकबहादुर गुरुङ (कांग्रेस) – मनाङ १, 
महावीर पुन (स्वतन्त्र) – म्याग्दी १

सुझावित समाचार