१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, संखुवासभामा एमालेका कार्की निर्वाचित

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक गरेको छ। निर्वाचन सम्पन्न भएको चार दिनभित्र प्रत्यक्षतर्फको मतगणना सकिएको हो। 

सोमबार बेलुका संखुवासभाको मतपरिणाम सार्वजनिक गरिएको छ । जहाँ नेकपा (एमाले)का अर्जुनकुमार कार्की विजयी भएका छन्। उनले रास्वपाका मिङ्मा शेर्पालाई ६३६ मतले हराएका हुन्। 

कार्कीले १५ हजार ६३६ मत पाउँदा शेर्पाले १५ हजार मत पाए। 

अन्तिम मतपरिणाममा रास्वपा १२५, कांग्रेस १८, एमाले नाै, नेकपा सात, श्रम संस्कृति तीन, राप्रपा एक र स्वतन्त्र एक उम्मेदवार विजयी भएका छन् । 

सुझावित समाचार