जलवायु परिवर्तनले बढ्दै छ अन्तरदेशीय बसाइँसराइ

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण
  • जलवायु परिवर्तनका कारण धेरै व्यक्ति र समुदायसँग आफ्नो घर छोडेर सुरक्षित क्षेत्रमा जानुको विकल्प छैन । सन् २०५० सम्म ८ करोड ६० लाख अफ्रिकी नागरिक मौसमी विपत्का कारण बसाइँ सर्ने अनुमान गरिएको छ ।

हाम्रो पृथ्वीको तापक्रम तातेसँगै हामीले प्राय: चरम मौसमी घटना अनुभव गरेका छौँ । यी घटनामा लामो खडेरी, समुद्री सतहमा वृद्धि, रोगव्याधिको प्रकोप र परिवर्तित जैविक प्रणालीको अनुभव इत्यादि । यी परिवर्तनले अन्नबालीमा विनाश गर्नुको साथै पानीको स्रोत सुकाउँदा मानिसको जीविकामा प्रत्यक्ष प्रभाव पारेको छ । यस्तो परिवर्तनले एक पटक बसोवास गर्नयोग्य क्षेत्रलाई बस्न अयोग्य बनाएको छ ।

यी चुनौतीको समाधानमा धेरै व्यक्ति र समुदायसँग आफ्नो घर छोडेर अन्यत्र सुरक्षा खोज्नुको विकल्प छैन । विशाल बहुसंख्यक मानिस आफ्ना देशका सिमानाभित्र रहनेछ । सन् २०५० सम्म आठ करोड ६० लाख अफ्रिकीहरू मौसमी विपत्का कारण आफ्नै देशहरूमा बसाइँ सर्ने अनुमान गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सुरक्षाको आवश्यकता मनन गर्दै केहीले सिमाना पार गर्नेछन् । र, यसको असर जनसंख्यामा पनि पर्नेछ ।

तर, चुनौती यो हो कि मौसमका कारण सिमाना पार गर्ने मानिस मुख्य कानुन र सम्झौताअन्तर्गत शरणार्थीका रूपमा दर्ज हुँदैनन् । यो विस्थापन ज्वालामुखी विस्फोट वा बाढीजस्ता अचानक हुने घटनाका कारण हुन सक्छ, जसले जीवनलाई तत्काल खतरा निम्त्याउन सक्छ । अथवा यो विस्थापन मरुभूमीकरण वा बढ्दो समुद्री तहमा घटबढ हुने घटनाका कारण हुन सक्छ, जसले अन्तत: जीवनलाई दिगो बनाउन सक्छ ।

यो एक जटिल विषय भएकाले कति मानिसलाई यसले असर गर्छ भन्न कठिन छ । यद्यपि, हामीलाई थाहा छ कि सीमापार बसाइँले प्रत्येक वर्ष हजारौँ मानिसलाई असर गर्छ । उदाहरणका लागि सन् २०२२ मा खडेरी, राजनीतिक असुरक्षा र बढ्दो अस्थिरताले सोमालिया र दक्षिण सुडानबाट कम्तीमा एक लाख ८० हजार शरणार्थीलाई केन्या र इथियोपियाका भागमा जान बाध्य पार्यो ।

मौसम परिवर्तन वा प्रकोपका कारण विस्थापित व्यक्तिको संख्या २०५० सम्ममा १२ लाखसम्म पुग्ने अनुमान गरिएको छ । यो तथ्यांक जलवायु परिवर्तन कसरी हुन्छ भन्नेमा पनि निर्भर रहन्छ । शरणार्थीको दर्जाविना मौसमी घटनाका कारण सिमाना पार गर्न बाध्य भएकाहरूले महŒवपूर्ण सहयोग प्राप्त गर्न सक्दैनन् । निश्चित देशमा निर्भर हुँदै बाँच्न र काम गर्न पाउने अधिकार, स्वास्थ्य वा शिक्षा सेवामा पहुँच र स्वतन्त्र रूपमा आवतजावत गर्ने अधिकार उनीहरूलाई दिइने सहयोगमा समावेश हुन सक्छ ।

म अफ्रिकामा शरण खोज्ने व्यक्ति, शरणार्थी, आप्रवासी र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको कानुनी सुरक्षाको अध्ययन गर्छु । स्पष्ट रूपमा मौसमको झट्काले सीमा पार गर्न बाध्य भएका मानिसहरूलाई प्रस्ट रूपमा समावेश गर्न अन्तर्राष्ट्रिय कानुन र महासन्धिलाई परिमार्जन गरियोस् भन्ने म सुझाब दिन्छु । उनीहरूलाई पूर्णशरणार्थी संरक्षण चाहिन्छ । विभिन्न कानुनले शरणार्थीको आधारभूत मानव अधिकारको सुरक्षा सुनिश्चित गर्छ । ‘शरणार्थी कानुन’को मूललाई सन् १९५१ को जेनेभा शरणार्थीसम्बन्धी महासन्धि (संयुक्तराष्ट्र बहुपक्षीय–सन्धि जसले शरणार्थी को हो भन्ने बारेमा परिभाषित गर्दछ) र यसको १९६७ न्युयोर्क प्रोटोकलद्वारा स्थापित गरिएको छ । अफ्रिकाका शरणार्थीलाई सन् १९६९ को अफ्रिकी एकता संगठन (ओएयू) सम्मेलनद्वारा पनि सुरक्षित गरिएको छ ।

यी कानुनले तिनीहरूलाई सुरक्षित आश्रय, निष्पक्ष शरण प्रक्रियामा पहुँच र भेदभावबाट सुरक्षा प्रदान गर्दछ । धेरै अफ्रिकी देशका घरेलु कानुनले यी अन्तर्राष्ट्रिय सिद्धान्तलाई पालन गर्ने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षा खोज्न र उनीहरूको जीवन पुनर्निर्माण गर्न मद्दत गर्दै यसले शरणार्थीलाई कानुनी सुरक्षा र समर्थन प्रदान गर्दछ ।

मैले भर्खरैको अध्ययनमा उल्लेख गरेझैँ शरणार्थी महासन्धिमा चुनौती भनेको ‘अकाल वा प्राकृतिक प्रकोपको सिकार’ भएका मानिसलाई ‘दुव्र्यवहारको स्थायी डर’ नभएसम्म उनीहरूलाई निषेध गर्ने हो । उदाहरणका लागि सन् १९८३ देखि १९८५ को बिचमा खडेरीका कारण इथियोपियाबाट भागेका मानिसहरूलाई शरणार्थी मानिनेछ किनभने तिनीहरू पनि मेन्गिस्टु हेले मरियमको नेतृत्वमा रहेको सैन्य तानाशाही शासन(डर्ग)को दमनबाट पनि डराए, जसले जानाजानी देशका केही भागमा खाद्य आपूर्तिमा प्रतिबन्ध लगाएका थिए । शरणाथीलाई सहयोग र संरक्षण गर्न अख्तियार दिइएको संयुक्त राष्ट्रसंघीय एजेन्सी शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (युएनएचसिआर)ले शरणार्थी महासन्धिद्वारा प्रदान गरिएको परिभाषा अवलोकन गर्छ, जसरी अन्तर्राष्ट्रिय संस्थाहरू र अन्य सरोकारवालाका लागि संयुक्त राष्ट्रद्वारा सञ्चालित ब्लु प्रिन्ट ग्लोबल कम्प्याक्ट अन रिफ्युजीले अनुगमन गर्छ ।

यसको अर्थ वातावरणीय विपत्बाट मात्र जबर्जस्ती विस्थापित भएका मानिसहरू शरणार्थीको दर्जाका लागि योग्य छैनन्, यद्यपि उनीहरू अस्थायी संरक्षणका लागि भने योग्य छन् । अफ्रिकाभित्र शरणार्थीको परिभाषामा सन् १९६९ को अफ्रिकी एकता (ओएक्यु)का लागि शरणार्थी सम्मेलनले प्राकृतिक विपत्बाट विस्थापितलाई वास्तबमै समावेश गरियो वा गरिएन भन्ने बारेमा बहस छ । केही अभ्यासकर्ताहरूले यसलाई समावेश गरिएको बताउँछन्, यद्यपि, यो अडान मानिसले सिर्जित विपत्मा सीमित छ ।

जब घरेलु कानुको सवाल आउँछ, अहिलेसम्म प्र्राकृतिक विपत्तिबाट भागेका मानिसहरूलाई ‘शरणार्थी’ को मान्यता दिने कुनै अफ्रिकी देश छैन । तर, त्यहाँ केही कदम चालिएका छन् । वातावरणीय विपत्का कारण आफ्नो स्थानबाट भाग्ने मानिसहरूलाई अन्तर्राष्ट्रिय संगठनहरूले बढ्दो रूपमा मान्यता दिएका छन् । उदाहरणका लागि युएनएचसिआरले उनीहरूलाई सुरक्षित गरिनुपर्ने कमजोर वर्गको रूपमा मान्यता दिन्छ । यसले विस्थापनको चालकको रूपमा जलवायु परिवर्तन र प्रकोपको सन्दर्भमा विस्थापित व्यक्तिहरूका लागि संरक्षणलाई सम्बोधन गर्न आवश्यक पर्ने चेतना जगाएको छ । युएनएचसिआरले सीमापार प्रकोप–विस्थापनसँग सम्बन्धित कानुनी खाडललाई सम्बोधन गर्ने काम पनि गरिरहेको छ । तर, अझै धेरै गर्न बाँकी छ ।

प्रतिकूल मौसमी घटनाक्रमबाट विस्थापित भएका मानिसहरूलाई बढी सुरक्षा प्रदान गरिनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय नियम र राष्ट्रिय कानुमा परिवर्तन आवश्यक हुनेछ । उदाहरणका लागि जलवायु–प्रेरित विस्थापनसम्बन्धी प्रोटोकल १९६९ ओएक्यू महासन्धिमा थपिनुपर्छ ताकि अन्तर्राष्ट्रिय सिमाना पार गर्ने विस्थापित मानिसहरूलाई कानुनी रूपमा समेट्न सकिन्छ ।

(कन्भर्सेसनका लागि क्रिस्टियानो डिओर्सीको आलेख। डिओर्सी वरिष्ठ अनुसन्धानकर्ता हुन् ।)

सुझावित समाचार