महोत्तरी ४ मा रास्वपाकी गौरी यादव विजयी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

महोत्तरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हात पारेको छ। रास्वपाकी गौरी यादव ३० हजार १३२ मतसहित विजयी भएकी हुन्।

निकटतम प्रतिस्पर्धी जसपा नेपालका डा. सुरेन्द्र यादव आठ हजार ७४२ मत ल्याएर दोस्रो स्थानमा रहे। ०७९ को निर्वाचनमा विजयी रहेका महेन्द्रकुमार राय ६ हजार ९४४ मतसहित तेस्रो भए।

महोत्तरीको क्षेत्र १, २ र ३ मा यसअघि नै रास्वपाले जित दर्ता गरिसकेको छ।

सुझावित समाचार