सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल विजयी भएका छन्। २१ हजार ६९९ मतसहित दुलालले जित निकालेका हुन्।
सुरुमा कांग्रेसका वंशलाल तामाङले अग्रता लिएका थिए। आठ वडाको गणनापछि दुलालले उछिनेका थिए। अन्ततः दुई हजार ७२४ मतान्तरले कांग्रेस उम्मेदवारलाई उपविजेतामै रोके। प्रतिद्वन्द्वी तामाङले १९ हजार १४६ मत ल्याए।
नेकपा (एमाले)का शेरबहादुर तामाङले १५ हजार ९२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठले १४ हजार १९ मत ल्याएका छन्। यस क्षेत्रमा १८ उम्मेदवार प्रतिस्पर्धामा थिए।