सिराहा क्षेत्र नम्बर ३ मा रास्वपाका शम्भुकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय सिराहाका ३ का अनुसार रास्वपाका शम्भुकुमार यादवले राजनीतिका चतुर खेलाडी मानिने नेकपा एमालेका लीलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतको अन्तरले हाउँदै जित निकालेका हुन् ।
मतगणनाको अन्तिम परिणामअनुसार चिकित्सक पेसाका रास्वपाका ४१ वर्षीय यादवले ३२ हजार २४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठ १० हजार १५६ मतमा सीमित भएका छन् । घोषित मतगणना परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह नाै हजार ९४२, नेपाली कांग्रेसका सुभाषचन्द्र यादव नाै हजार ८७९ र जसपा नेपालका अशेश्वर यादव पाँच हजार ६७१ मतसहित पाँचौँ स्थानमा खुम्चिएका छन् । २०७९ को निर्वाचनमा २८ हजार ६४ मतसहित निर्वाचित भएका एमालेका श्रेष्ठले यसपल्ट त्यतिवेला प्रत्यक्षतर्फ पाएको मतको करिब एतिहाइभन्दा थोरै मत पाएका हुन् ।
अर्नमा गाउँपालिका १, २, ३, गोलबजार नगरपालिका १ देखि १२, नरहा गाउँपालिका १ र २, विष्णुपुर गाउँपालिका १ र ५ तथा सिराहा नगरपालिकाका २२ वडा गरी कुल ४१ वडा रहेको यो क्षेत्रमा रहेका कुल एक लाख १९ हजार २५० मतदातामध्ये बिहीबार सम्पन्न मतदानमा ७६ हजार ४३० जनाले मतदान गरेका थिए । यो क्षेत्रमा विभिन्न साना–ठुला दलका १२ र २९ स्वतन्त्र गरी ४१ जना प्रतिस्पर्धामा थिए ।