नवलपुर क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका राजन गौतम विजयी भएका छन् । उनी ५० हजार भन्दा बढी लोकप्रिय मतसहित विजयी भएका हुन् । अहिलेसम्म यो निर्वाचनमा ५० हजारभन्दा बढी लोकप्रिय मत रास्वपाका १० जनाले प्राप्त गरेका छन् ।
नवलपुर १ मा गौतमले ५०९४५ मत प्राप्त गरेका हुन् । यसअघि उनी २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका डा. शशांक कोइरालासँग झिनो मत अन्तरले पराजित भएका थिए ।
राजन गौतम नेपाली कांग्रेसका बालकृष्ण घिमिरे र नेकपा एमालेका भागीरथ सापकोटाभन्दा ३ गुणा बढी मतका साथ विजयी भएका हुन् ।
नवलपुर १ मा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६२९३ र नेकपा एमालेका भागीरथ सापकोटाले ९१३१ मत प्राप्त गरेका थिए ।
नवलपुर २ मा पनि रास्वपाकै मनीष खनाल विजयी भएका छन् । खनाल ४१ हजारभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् ।