जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत शिवालय, जुनिचाँदे, बारेकोट, नलगाड, कुशे र छेडागाड नगरपालिकाका १० वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ। हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १५ हजार ४३२ मत प्राप्त गर्दै अग्रता कायम गरेको हो।
त्यसैगरी नेपाली कम्युनिटी पार्टी १३ हजार १९० मत पाएको छ भने नेकपा एमालेले १२ हजार ५६४ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४५० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्मको मतगणनामा नेपाली कांग्रेस २ हजार २४२ मतले अगाडि रहेको छ। जिल्लाका भेरी नगरपालिका र छेडागाड ३ ओटा वडाहरूको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ ।