कास्की ३ मा ठुलो मतान्तरसहित रास्वपाकी विना गुरुङ विजयी भएकी छिन्। उनी ३७ हजार ७५० मत ल्याएर विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए। २५ हजार मतान्तरसहित विना निर्वाचित भएकी छिन्।
एमालेका दामोदर पौडेलले सात हजार ९०६ र नेकपाका गोपाल गिरीले एक हजार ४०६ मत प्राप्त गरे।