काठमाडौंको क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठले मतान्तर बढाएका छन्। १३ हजार १५० मतसहित उनले मतान्तर बढाएका छन्। ठुलो मतान्तर भएकाले यहाँ उनको जित सुनिश्चित देखिएको छ।
अब यो क्षेत्रमा हालसम्म १९ हजार ९४३ मतगणना सम्पन्न भएको र अब करिब १५ हजार बाँकी रहेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्। गणना भएको मतमा विराजभक्तले करिब ७० प्रतिशत मत पाएका छन्। यहाँ नेकपाका उम्मेदवार दोस्रो र एमालेका पाँचौँ स्थानमा छन्।
विराजभक्त श्रेष्ठ १३,१५०
सुमन सायमी १,७४४
सपना राजभण्डारी १,४८५
नवीन शाही १,०१५
राजेश शाक्य ९७८