काठमाडौंको क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले ठूलो अन्तरले सुरुवाती अग्रता लिएका छन्। २४७८ मत गणना गर्दा उनले १७१५ मत पाएका छन्।
दोस्रो स्थानमा रहेका रुखका उम्मेदार सपना राजभण्डारीको २०७ मत छ। तेस्रो नम्बरमा नेकपाका सुमन सायमी छन्।
उनको १५४ छ। त्यस्तै, एमालेको ११५, राप्रपाको १३३ र उज्यालो नेपाल पार्टीको ४६ मत छ।