निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

नेपालले सफलतापूर्वक प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेकोमा संयुक्त राज्य अमेरिकाले नेपाल सरकारलाई बधाई दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाललाई बधाई दिएको हो। दूतावासले लोकतान्त्रिक प्रक्रियामा नेपाली जनताको सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गरेको छ।

अमेरिकाले आगामी दिनमा गठन हुने नयाँ सरकारसँग दुवै देशबिचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने अपेक्षा व्यक्त गरेको छ। साथै समृद्धि, लोकतान्त्रिक मूल्य तथा क्षेत्रीय सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा नेपालसँग मिलेर काम गर्न अमेरिका उत्सुक रहेको पनि जनाएको छ।

अमेरिकाले नेपालसँगको दीर्घकालीन साझेदारीलाई महत्त्वपूर्ण ठान्दै विकास, सुशासन र आर्थिक प्रगतिका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ।

सुझावित समाचार