प्रतिनिधिसभा निर्वाचन : मतदान सम्पन्नपछि मतपेटिका सिल गर्ने प्रक्रिया सुरु

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रहरूमा मतपेटिका सिल गर्ने काम थालिएको छ।

मतदान समाप्त भएपछि कर्मचारी र सुरक्षाकर्मीको उपस्थितिमा मतपेटिकालाई सुरक्षित रूपमा बन्द गरी मतगणना केन्द्रतर्फ पठाउने तयारी गरिएको छ।

यसै क्रममा काठमाडौं–१ अन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पस परिसरमा रहेको बानेश्वर मतदान केन्द्रमा पनि मतदान सकिएसँगै मतपेटिका सिल गरी गणनास्थलमा लैजाने प्रक्रिया सुरु भएको जानकारी दिइएको छ।

निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कर्मचारी तथा सुरक्षाकर्मीको निगरानीमा मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम भइरहेको जनाइएको छ।

सुझावित समाचार