इरानले कुवेतमा गरेको हमलामा ६ अमेरिकी सैनिकको मृत्यु

बुधबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

कुवेतमा इरानले गरेको हमलामा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। कुवेतस्थित अमेरिकी सेनाको बेसमा इरानले हवाई आक्रमण गरेको हो। 

अमेरिकाका विदेशीमन्त्री पेटे हेगसेथले ६ सैनिकको मृत्यु भएको पुष्टि गरेका छन्। अमेरिकाको ट्याक्टिकल अप्रेसन सेन्टरमा ठुलो हमला भएको उनको भनाइ छ। कुवेतस्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएको बिबिसीले जनाएको छ। 

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले अमेरिकाको सैन्य बेस रहेका खाडी देशहरूमा आक्रमण गरिरहेको छ। उता इरानमा पनि हमला जारी छ। जहाँ त्यहाँका उच्च नेता अयोतल्ला खामेनीसहित करिब आठ सयले ज्यान गुमाइसकेका छन्। 

सुझावित समाचार