स्याङ्जा र चन्द्रौटामा मेटलाइफ नेपालको कार्यालय उद्घाटन

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

मेटलाइफ नेपालले गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ।

यी दुई स्थानमा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकहरूले बिमासम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता अन्त्य भएको कम्पनीले जनाएको छ।

स्याङ्जा र चन्द्रौटा कार्यालयहरूले बिमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोगलगायतका सम्पूर्ण बिमा सेवाहरू प्रदान गर्नेछन्। मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै यी कार्यालयहरूले स्थानीयस्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्ने बताइएको छ।

सुझावित समाचार