कांग्रेस सभापति गगनकुमार थापाले आवेगमा नभई विवेकमा भोट हाल्न आग्रह गरेका छन्। आगामी पाँच वर्ष निर्णायक भएकाले थप परिक्षण गर्ने सुविधा नभएको उनको टिप्पणी छ।
निर्वाचनको मौन अवधि सुरु हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्–
तपाईं शुभेच्छुक तथा आमजनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परीक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ – तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईंको विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
जय नेपाल !