मोरङ ६ मा उज्यालोका उम्मेदवारले गरे एमालेलाई समर्थन

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्।

बुढाथोकीले आइतबार विज्ञप्तिमार्फत एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका हुन्।

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका  शेखर कोइराला, एमालेका  विनोद ढकाल, नेकपाका ओपेन्द्र राय, रास्वपाकी रुविना आचार्य र राप्रपाबाट सविन निरौलासहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

सुझावित समाचार