बम हमलाको धम्कीपछि अस्ट्रेलियाका प्रधानमन्त्रीलाई सारियो

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

बम हमलाको धम्कीपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई उनको आधिकारिक निवासबाट बाहिर निकालिएको विवरण सार्वजनिक भएको छ । मंगलबार भएको उक्त घटनामा उनलाई केही घन्टासम्म छुट्टै स्थानमा लगिएको थियो । अस्ट्रेलियाली संघीय प्रहरीले (एएफपी) एक विज्ञप्तिमा भनेको छ, ‘समुदाय वा सार्वजनिक सुरक्षाका लागि हाल कुनै खतरा छैन ।’

अल्बानिजलाई साँझ ६ बजे उनको आधिकारिक क्यानबेरा निवास द लजबाट सारिएको थियो । त्यतिवेला अनुसन्धान भइरहेको थियो । निरीक्षण सकिएपछि उनलाई पछि राति ९ बजे साविककै स्थानमा सारिएको थियो । गार्जियन अस्ट्रेलियाको रिपोर्टअनुसार उनको आवासमा विस्फोट गर्ने धम्की दिइएको थियो । प्रधानमन्त्रीको कार्यालयले एबिसीलाई भनेको छ कि उनीहरू प्रहरीमाथि विश्वास गरेको उनीहरूको कामका लागि धन्यवाद दिएको छ ।

अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) संघीय सांसद द लज र संसद भवनजस्ता केही राष्ट्रमण्डल भवनको सुरक्षाका लागि जिम्मेवार छ । यद्यपि, अस्ट्रेलियामा राजनीतिज्ञले जेसुकै अडान लिए पनि उनीहरूलाई धम्की दिने क्रम बढेको छ । गत वर्ष सांसदहरूविरुद्ध उत्पीडन, उपद्रव र आपत्तिजनक र धम्कीपूर्ण एक हजार रिपोर्ट आएका एएफपीले पुष्टि गर्यो । मंगलबारको घटनाअघि अल्बानिजले सरकारले पूर्वराजकुमार एन्ड्र्युलाई शाही उत्तराधिकारको रेखाबाट हटाउन आफ्नो समर्थनबारे राष्ट्रमण्डल क्षेत्रलाई पत्र लेखिरहेको छ ।

सुझावित समाचार