- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको फागुन १६ गते शनिबारदेखि फागुन २२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा नै भेटघाट एवं मनोरञ्जनमा बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउने योग रहेको छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । सहयात्रीद्वारा प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरी सम्झने समय होइन, बुद्धिको उपयोग गरी भाग्य बढाउने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । बुधबारदेखि व्यावसायिक स्थितिमा सुधार आउनेछ । साताको अन्त्यमा लामो व्यावसायिक यात्राको योग रहेको छ । धार्मिक सामाजिक कामको दायित्व भने थपिन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरायसी वातावरणमा केही धमिलोपन आउने समय चलेको छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्नेछैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । प्रेमसम्बन्धमा पनि तिक्तता आउन सक्छ । अनाहकमा अरूले गरेका गल्तीको पनि सजाय भोग्नुपर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । प्राप्त गरेको ज्ञान अरूलाई बाँड्दा आत्मबल बढ्नेछ । व्यावसायिक क्षेत्रबाट लाभ मिल्नेछ । साताको अन्त्यमा छोराछोरीबाट सन्तोषप्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । अभिभावकवर्गको आशीर्वादले काम बन्ने योग रहेको छ । राम्रो समाचार सुन्न पाउनुहुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको सुरुमै भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने योग रहेको छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दीनदु:खीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्गे लाभ प्राप्त गर्नेछन् । साताको अन्त्यमा सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) घरायसी बन्दोबस्तका सामान र सुनचाँदीजस्ता धातुको कारोबारबाट लाभ मिल्नेछ । मंगलबार र बुधबार बोलीमा पूर्ण प्रभाव रहे तापनि विवाद र झगडामा पछि हट्नु नै वेश हुनेछ । साताको अन्त्यमा नातेदार र कुटुम्वले काममा सहयोग गर्नेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्यासमेत आउन सक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताभर अन्न, फलफूल आदि कृषिजन्य व्यवसायबाट मनग्गे फाइदा हुने योग रहेको छ । नोकरीबाट असन्तोष बढ्नेछ । अनावश्यक खर्चतर्फ मन आकर्षित हुनेछ । साताको अन्त्यमा कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने स्थगित राख्नु राम्रो हुन्छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुनेछ । मित्रशक्ति र कुटुम्वबाट साथसहयोग पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताको प्रारम्भमा विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । आफन्तको सहयोगमा महŒवपूर्ण कार्य सम्पादन हुनेछ । बिहीबार पारिवारिक समस्याले मन खिन्न हुनेछ । दीर्घकालीन लगानीले पिरोल्न सक्छ । साताको अन्त्यमा अकस्मात धनप्राप्तिको योग रहेको छ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । समग्रमा यो साता मध्यम खालको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत छ । बोलीको कदर हुनेछ । शुक्रबार प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साताको अन्त्यमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्यांकन हुनेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने संकेत पनि छ । साताको अन्त्यमा आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । शुभ–समाचार प्राप्त हुनाले मन फुरुंग हुनेछ । इष्टदेवको पूजा उपासना गरी अगाडि बढ्दा फइदा हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भमा आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । उत्साहपूर्वक काम गर्ने समय रहेको छ । यात्राको योग रहेकाले तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनुका साथै मनोरञ्जनप्राप्त पनि होला । साताको अन्त्यमा सामाजिक कामबाट प्रशंसा मिल्नेछ । कर्म गरेबापत राम्रै सफलता मिल्नुका साथै सहयोगीहरूको साथ पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबाना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् सचेत रहनुपर्नेछ । नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ धार्मिक कार्यमा मन जानुका साथै रमाइलो यात्राको अवसर मिल्नेछ, अधुरा काम सुचारु हुनेछन्, सामाजिक प्रतिष्ठा बढ्नेछ ।