२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर कञ्चनपुरमा सात दिन मदिरा बिक्री–वितरण, सेवनमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै एक साता जिल्लामा मदिरा बिक्री–वितरण निषेध गरेको हो ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले निर्वाचन सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि मदिरा बिक्री–वितरणमा रोक लगाएको बताए ।
सहायक प्रजिअ जोशीका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले १४ फागुनदेखि २१ फागुन मतदान सम्पन्न नहुँदासम्म मदिरा बिक्री–वितरणदेखि सेवनमा रोक लगाएको बताए ।
उक्त अवधिभर मदिराको सेवन, बिक्री–वितरण नगर्न–गराउन सम्बन्धित व्यवसायी, सेवा, उपभोक्ताहरूमा आग्रह गर्दै निषेध गरिएका वस्तुको बिक्री–वितरण सेवन गरेको पाइए कानुनी कारबाहीको चेतावनी दिइएको छ ।