नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर तीन लाख १४ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोलामा तीनलाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई पाँच हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी पाँच हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।