टी–२० विश्वकप : भारतले जिम्बावेलाई हरायो, सेमिफाइनल पुग्न वेस्ट इन्डिजलाई हराउनैपर्ने

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

टी–२० विश्वकपको सुपर ८ चरणको खेलमा भारतले जिम्बावेलाई हराएको छ। बिहीबार चेन्नईमा भएको खेलमा भारत ७२ रनले विजयी भएको हो । 

टस हारेर पहिला ब्याटिङ गरेको भारतले २५६ रन बनाएको थियो। जवाफी ब्याटिङमा जिम्बावे १८४ रनमा समेटियो। 

सुपर ८ को पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो। अब उसको तेस्रो तथा अन्तिम खेल वेस्ट इन्डिजविरुद्ध छ। सो खेल जसले जित्छ सोही टिम सेमिफाइनल पुग्नेछ। वेस्ट इन्डिजले पनि दुई खेलमा एक खेल जितेको छ। यो समूहबाट दुई खेल हारेर जिम्बावे भने बाहिरिएको छ। 

दुई खेलमा दुई जित निकालेर समूह एकबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ। 

सुझावित समाचार