चोरीका गाडी आर्थिक चलखेलका आधारमा दर्ता गरी बिक्री गरेको घटनामा सहसचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सहसचिव उमेश ढुंगाना, यातायात कार्यालयका बाँकेका तत्कालीन प्रमुख लोकबहादुर सुनार, उपसचिव रमेश गौतमलगायतविरुद्ध मुद्दा दायर गरेको हो। सहसचिव ढुंगाना पछिल्लो समय लमजुङको सिडिओका रुपमा कार्यरत थिए। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्। त्यस्तै, लोकबहादुर सुनार लुम्बिनीको आन्तरिक मामिला मन्त्रालयमा सचिवका रुपमा कार्यरत थिए।
मुद्दा दायर हुनेमा २१ कर्मचारी र १२ जना बिचौलिया तथा अन्य छन्।
त्यस्तै, लिखित परीक्षा फेरबदल गरेको प्रकरणमा पनि अख्तियारले थप दुई मुद्दा पनि दायर गरेको छ।