युनिक नेपाल लघुवित्तको सातौँ वार्षिक साधारण-सभा सम्पन्न

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण-सभा बाँकेको कोहलपुरमा एक कार्यक्रमबिच सम्पन्न भएको छ।

साधारण-सभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष ०८२/८३ को लागि लेखा परीक्षकको नियुक्ति, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको मनोनयन अनुमोदन, स्वतन्त्र सञ्चालक मनोनयनलगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति-समाहित गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

संस्थाका अध्यक्ष शिवबहादुर चौधरीको सभाध्यक्षतामा भएको साधारण-सभामा ६३.०६ प्रतिशत सेयरधनीहरूको उपस्थिति रहेको थियो। हाल युनिक नेपालको चुक्ता पुँजी रु. १४ करोड ८५ लाख ७५ हजार रहेको छ।

सुझावित समाचार