निर्वाचनको सुरक्षा तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उपस्थितिमा प्रधानमन्त्रीनिवास बालुवाटारमा ब्रिफिङ र छलफल भएको हो। 

सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्मको तयारी तथा आगामी चुनौतीबारे जानकारी गराएका छन्। बैठकमा हिमाली क्षेत्रको सम्भावित मौसमी चुनौतीबारे पनि छलफल भएको एक अधिकारीले बताए। 

ब्रिफिङमा गृहमन्त्री अर्यालसहित मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेलगायतको उपस्थिति थियो। हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा  गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताइन्।  चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरूको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन प्रधानमन्त्रीले निर्देशन दिएकी छिन्। 

सुझावित समाचार