विश्वकपमै दोस्राे उच्च स्कोर बनाएको वेस्ट इन्डिजको जिम्बावेमाथि ठुलो अन्तरको जित

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

टी–२० विश्वकपमा वेस्ट इन्डिजले ठुलो अन्तरको जित निकालेको छ। विश्वकपको इतिहासमै दोस्रो उच्च स्कोर खडा गरेको उसले जिम्बावेलाई १०७ रनले पराजित गरेको हो। 

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २५४ रन बनाउन सफल भयो। जुन टी–२० विश्वकपको इतिहासमै दोस्रो उच्च स्कोर हो। विश्वकपको सबैभन्दा उच्च स्कोर २६० रन हो। सन् २००६ मा श्रीलंकाले केन्याविरुद्धको खेलमा सो स्कोर बनाएको थियो। 

सोमबार मुम्बईको वानखेडे मैदानमा भएको खेलमा वेस्ट इन्डिजका सेमरन हेटमायरले ३४ बलमा ८५, रोभमन पावेलले ३५ बलमा ५९, सेरफान रुथरफर्डले १३ बलमा ३१ हान्दै उच्च स्कोर बनाएका हुन्। जवाफी ब्याटिङमा जिम्बावे निरीह बन्यो। १७.४ ओभरमा १४७ रनमा जिम्बावे अलआउट हुन पुग्यो। 

विश्वकपमा मंगलबार इंग्ल्यान्ड र पाकिस्तानबिच खेल हुँदै छ। 

सुझावित समाचार