सल्यानमा बेवारिसे पाँच नाल भरुवा बन्दुक बरामद

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

सल्यानको एक जंगलमा लुकाइराखेको पाँच नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका- २, जुम्ले सल्ला सामुदायिक वन रानीपोखरी जंगलमा लुकाइराखेको अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

निर्वाचन नजिकिँदै जाँदा सुरक्षार्थ गस्तीमा गएको प्रहरीलाई जंगलमा लुकाइराखेको छ भन्ने गोप्य सूचनाका आधारमा बेवारिसे अवस्थामा अवैध बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ। 

फागुन २१ को निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सल्यानले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिरहेको अवस्थामा जंगलमा अवैध बन्दुक फेला परेको हो। 
यसअघि पनि जिल्लाका विभिन्न स्थानबाट प्रहरीले थुप्रै अवैध भरुवा बन्दुक फेला पारेको थियो।

See More On

सुझावित समाचार